लोकसेवा तयारी : कुन नृत्य कुन जातिसँग सम्बन्धित छ ?

  • 27
    Shares
0

काठमाडौं । झाम्रे नाच गुरुङ र मगर जातिसँग सम्बन्धित नाच हो । सोरठी नाच,रोदी नाच, टप्पा नाच पनि गुरुङ र मगर जातिसँग सम्बन्धित नाच हो । पुटपुटे नाच गुरुङ जातिले नाच्ने नाच हो । मारुनी, कौरा र पाङदुरे नाच मगर जातिले नाच्ने नाच हो । बाह्रमासे, झुमरा,लठ्ठी, कटेहर, जटजटिन, तरबार थारु समुदायमा पैचलित नाच हो ।

सेलो नाच तमाङ जातिमा प्रचलित नाच हो । झिझिया नाच मैथिली समुदायमा नाचिने नाच हो । झागड जातिले कर्माधर्मा नाच नाच्ने गर्दछ । लाखे नाच, तयमचा नाच नेवार समुदायमा प्रचलित नाच हो । उपत्यकाको नेवार समुदायमा प्रचलित नाच बसन्त नाच हो । ज्यापु समाजमा प्रचलित नाच धिमान्ते नाच हो ।

च्याम्बु्रङ र धान नाच लिम्बुहरुको समुदायमा प्रसिद्ध नाच हो । चण्डि नाच राइ समुदायमा प्रचलित नाच हो । गेहडी नाचले माझी समुदायलाई बुझाउछ । कहरवा नाचकहार जातिले नाच्दछन् ।

बढी अंक ल्याउन परीक्षार्थीले ध्यान पुर्याउनुपर्ने कुरा

बढीभन्दा बढी अंक ल्याउन परीक्षार्थीले मुख्य रूपमा पाँचवटा कुरामा ध्यान पुर्याउनुपर्छ । पहिलो, योजनाबद्ध अध्ययन र विषयवस्तुको बुझाइमा ध्यान दिनुपर्छ । अध्ययन गर्दा सकेसम्म आधिकारिक स्रोत सामग्रीमा ध्यान दिनुपर्छ । विषयवस्तुसँग सम्बन्धित ख्यातिप्राप्त लेखकका पुस्तकहरू, राष्ट्रिय–अन्तर्राष्ट्रिय रूपमा प्रकाशित अनुसन्धानमूलक लेख रचना, विज्ञ व्यक्तिहरूसँगको निरन्तर सम्पर्क तथा अन्तक्र्रिया परीक्षामा सफलता हासिल गर्ने मुख्य सूत्रहरू हुन् ।

दोस्रो, विगतमा सोधिएका प्रश्नहरूको पर्याप्त अभ्यास गरेर मात्र परीक्षामा सामेल भएको अवस्थामा लेखाइ परिपक्व र बढी कन्भिसिङ हुन्छ । तेस्रो, परीक्षामा उपस्थित हुँदा रिल्याक्स र कुल माइन्डमा जानु आवश्यक हुन्छ । खानपिन, सुताइ, शारीरिक तथा मानसिक सन्तुलनमा विशेष रूपमा ध्यान दिनुपर्छ । परीक्षाको अघिल्लो दिन परीक्षार्थी रातभर अध्ययन गरेर परीक्षा हलमा पुगेको खण्डमा उत्तरपुस्तिकामा लेख्ने समयमा परीक्षार्थी शारीरिक तथा मानसिक रूपमा कम सक्रिय हुन सक्छ ।

चौथो, प्रश्नले मागेको क्षेत्रमा मात्र उत्तर केन्द्रित गर्नुपर्छ । लेख्दा ‘भ्यालु एड’ गर्ने र आवश्यक कुरा मात्र लेख्नुपर्छ । अनावश्यक गन्थन र लामो भूमिका लेखनमा अलमलिनुहुँदैन । पर्याप्त उदाहरण र राष्ट्रिय–अन्तर्राष्ट्रिय असल अभ्यास समेट्नुपर्छ ।

पाँचौँ, लेखाइ निश्चित स्ट्रक्चरमा लेख्दा उपयोगी हुन्छ । उत्तरको सुरुवात र निष्कर्ष जाँचकीको मन जित्ने किसिमको हुनुपर्छ । बीचको भागमा पनि प्रश्नको मागअनुसार सिलसिलेवार, आकर्षक र सरल रूपमा प्रस्तुत हुनुपर्दछ ।

Comments
Loading...
You might also like