फिटनेस चाहनुहुन्छ : चार पेयपदार्थ पिउनुस्

  • 51
    Shares
0

काठमाडौँ ।अनियमित र असन्तुलित दिनचर्याले धेरै मानिस विभिन्न किसिमका समस्याका शिकार बनेका छन् । आजभोली हरेक मानिसलाई चुस्त तन्दुरुस्त र शाररिक रुपमा फिट रहनु छ। आम मानिसको स्वस्थ रहने चाहाना हुन्छ। आजको मानिस शारीरिक फिटनेस चाहान्छ ।

सबैको चाहाना हुन्छ कि उ सधै स्वस्थ रहोस। आज आएर मानव फिट हुन र आफुलाई अरु भन्दा फरक देखाउन चाहान्छ। उ अरु भन्दा पृथक हुन चाहान्छ। आफ्नो आलग पहिचान बनाउन खोज्छ । तर खानपिनमा खासै ध्यान नदिने मानिसहरुका लागि भने शाररिक रुपमा फिट रहनु चुनौती बनेको छ ।

कतिपय मानिसहरुले खानपिन मै ध्यान नदिएकै कारणले उनीहरुको स्वस्थ र फिट रहने सपना पुरा नहुन सक्छ । त्यसैले उनीहरुले जति सक्दो खानपिन मा विशेष ध्यान दिनु पर्छ। आज हामी यस्ता ४ वटा पेयपदार्थको बारेमा बताउन गइरहेका छौ जसलाई तपाईहरुले पिउनु भयो भने तपाइले खान पिनमा खासै ध्यान दिनु पर्दैन । जसले तपाइहरुलाई सधै स्वस्थ र तन्दुरुस्त बनाउछ ।

ब्ल्याक कफी
ब्ल्याक कफीमा कागतीको रस राखेर पिउनुले शरीरलाई शक्ति प्राप्त हुन्छ भने यसले शरीरको तौल समेत घटाउछ । यदि शारीरिक रुपमा फिट रहन खोज्दै हुनुहुन्छ भने ब्ल्याक कफी पिउनुस ।
तरकारीको झोल
तरकारी तथा फलफूलको झोल पिउनु शरीरको लागि निकै फाईदाजनक मानिन्छ । यदि तपाईलाई फिट र स्वास्थ्य रहनु छ भने हरेक राति सुत्नु भन्दा अघि तरकारी तथा गेडागुडीको झोल पिउनुस । यसो गर्नाले यसले क्यालोरीको मात्रालाई घटाउन सहयोग गर्दछ ।
तरकारीको जुस
तरकारी र फलफूलको जुसलाई स्वास्थ्यको लागि एकदमै फाइदाजनक मानिन्छ । जसले हामीलाई तन्दुरुस्त बनाउछ । त्यति मात्रै नभई यसले तौल घटाउन समेत सहयोग गर्दछ ।
ग्रीन टी
शाररिक रुपमा फिट रहन र शरीरको तौल घटाउनका लागि आम मानिस ग्रीन चिया पिउने गर्छन । साथै यसले हाम्रो शरीरलाई समेत फाइदा पुर्याउछ । तापाई पनि आजैबाट ग्रीन टी पिउनुस । तर खाना खाए लगत्तै ग्रीन टी नपिउनुस् यस्तो गर्नाले यसले हामीले खानाबाट प्राप्त गरेको क्यालोरीलाई यसले तुरुन्त समाप्त गर्दछ । धेरै तातो चिया नपिउनुस। अरु खाने कुरा नहाल्नुस र ग्रीन टीसँग औषधि सेवन नगर्नुस ।

Comments
Loading...
You might also like