विश्व इतिहासमा आज : सत्र जनवरी

  • 9
    Shares
0

काठमाडौं । आज माघ ३ गते शुक्रबार २०७६ अर्थात सन् २०२० को जनवरी १७ तारिक हो । आजको दिन नेपाल र विश्व इतिहासमा भएका घटनाक्रममध्ये केही महत्वपूर्ण घटनाक्रमहरु, जसले इतिहास रच्न सफल भएका छन् ।

सन १९९५ को जनवरीमा १७ मा जापानमा ७.२ म्याग्नेच्यूटको भूकम्प गएको थियो जसमा झण्डै ७ हजार मानिसले ज्यान गुमाएका थिए । २७ हजार मानिस घाइते भएका थिए । ४५ हजार मानिस घरबार बिहिन भएका थिए । जापान भूकम्पको बढि जोखिम भएको देश हो ।

आज बेन्जामिन फे्रङ्कलिनको जन्मदिन हो । सयुक्त राज्य अमेरिकाका संस्थापक मानिने फे्रङ्कलिनको जन्म १७ जनवरी सन १७०६ मा भएको थियो ।उनी नागरिक अधिकारकर्मी, वैज्ञानिक,राजनीतिज्ञ तथा दर्शनशास्त्री पनि हुन् । उनको ज्ञान बढाउनको लागि गरिएको लगानीले सबैभन्दा राम्रो ज्ञान दिन्छ। जव तिमीले अगाडि बाटो सकियो भनेर सोच्छौं,तव तिमी सकिन्छौं। जीवनको सबैभन्दा दुःखलाग्दो कुरा यो हो कि, हामी छिटो बुढो हुन्छौं तर बुद्धि ढिलो आउँछ, लगायतका थुप्रै प्रेरक भनाईहरुछन्।

सन १९९१ म इराकी राष्ट्रपति सब्दाम हुसेनलाई आफ्नै देशको विरुद्धमा लागेको भन्दै कारबाही शुरु गरिएको थियो । सन २००९ मा इजराल र हमास गाजा युद्ध समाप्त भएको थियो । २००८ डिसेम्बर २७ मा यो युद्ध शुरु भएको थियो ।

Comments
Loading...
You might also like