युएई बस दुर्घटना, तीन नेपाली महिलाको मृत्यु (नामावलिसहित)

  • 33
    Shares
0

काठमाडौं, ३ माघ। युएईको अबुधावीमा भएको मिनिबस दुर्घटनामा मृत्यु हुने ६ जना मध्ये तीन जना नेपाली रहेको पुष्टि भएको छ। बिहीबार दुर्घटनामा ज्यान गुमाउने तीन जना नेपाली महिला रहेका छन्।

मृत्यु हुनेहरुमा बाराको निजगढ नगरपालिका वडा नम्बर ३ की अमिसा मोक्तान, प्यूठानकी भावना कुँवर र झापाकी कृष्ण कुमारी अधिकारी रहेका छन्। दुर्घटनामा परेर पाँच महिलासहित एक पुरुषको मृत्यु भएको आबुधावी प्रहरीले जनाएको छ। श्रीलंकाकी एक महिला र पाकिस्तानी गाडी चालक पुरुषको पनि दुर्घटनामा मृत्यु भएको छ।

सो दुर्घटनामा परेर घाइते भएका अन्य पनि नेपाली रहेका छन्। हाल युएईका विभिन्न अस्पतालहरुमा गरी १४ जना नेपालीको उपचार भइरहेको छ। प्रवासी कामदार बोकेको बस र मालवाहक ट्रक एक आपसमा ठोक्किँदा दुर्घटना भएको जनाइएको छ। स्थानीय प्रहरीले लापरवाहीपूर्ण ड्राभिङका कारण दुर्घटना भएको जनाएको छ। युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले दुर्घटनामा परेको बसमा १८ जना नेपाली सवार रहेको जानकारी सामाजिक सञ्जालमार्फत् जानकारी दिएका थिए।

Comments
Loading...
You might also like