गायिका आस्था राउतविरुद्ध उजुरी

  • 34
    Shares
0

काठमाडौं, ३ माघ। गायिका आस्था राउतविरुद्ध उजुरी परेको छ। अभद्र व्यवहार गरेको गायिका राउतमाथि उजुरी परेको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत प्रहरी जवान रमिता श्रेष्ठले राउतविरुद्ध महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा उजुरी दिएकी हुन्।

विमानस्थलको सुरक्षा जाँचका क्रममा गायिका राउतले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै प्रहरी जवान श्रेष्ठले उजुरी दिएकी हुन्। उजुरीमा उनले आफूमाथि अभद्र व्यवहार गर्ने राउतलाई कानूनानुसार हदैसम्मको कारबाही हुनुपर्ने माग गरेकी छन्।

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फको भवनमा सुरक्षा चेकजाँचका क्रममा गायिका राउतले आफूमाथि दुव्र्यहार गरेको प्रहरी जवान राउतको भनाइ छ। गायिका राउतले भने विमानस्थलमा सुरक्षा जाँचका नाममा आफूमाथि दुव्र्यवहार भएको भन्दै सामाजिक सञ्जालमार्फत् ‘आपत्तिजनक शब्द’मा असन्तुष्टि पोखेकी थिइन्।

यता, गायिका राउतले भने विमानस्थलमा कार्यरत महिला प्रहरी जवानले आफूलाई अपशब्द प्रयोग गरेर न्याँकेको बताएकी थिइन्। महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीले गायिका राउतविरुद्ध परेको उजुरीका सन्दर्भमा अनुसन्धान शुरु भएको जनाएको छ। प्रारम्भिक चरणमा विमानस्थलको सीसीटीभी फुटेज जाँच गर्ने र विमानस्थलमा कार्यरत अन्य सुरक्षाकर्मीको पनि बयान लिने काम भइरहेको प्रहरीले जनाएको छ।

Comments
Loading...
You might also like