आठ हजार मिटरभन्दा अग्ला हिमाल कहाँ कति छन ?

  • 161
    Shares
0

काठमाडौं । प्रकृतिको अनुपम नमुना मानिन्छ नेपाललाई । नेपाल प्रकृतिको एउटा सुन्दर दस्तावेज हो । जहाँ संसारका चर्चित हिमालहरु रहेका छन् । विश्वमा नेपाललाई चिनाउन हिमालको महत्वपूर्ण भूमिका छ । संसारका चर्चित हिमालहरु नेपालमा छन् । हिमाल आरोहण गर्नको लागि सबैलाई छुट छ । हिमाल आरोहणको मजा लिन नेपनलमा पर्यटक आउने गर्दछन् ।आठ हजार मिटरभन्दा अग्ला हिमालको संख्या नेपालमा नै १४ वटा पुगेको छ। आठ वटा मात्र हिमाल रहेको भनी प्रचार हुँदै आए पनि पर्यटन विभागले ६ वटा थप गरी सूचीकृत संख्या १४ पुर्याएको हो। योसँगै विश्वमा ८ हजार भन्दा अग्ला हिमालको संख्या २० पुगेको छ ।

सगरमाथालाई अङ्ग्रेजीमा माउन्ट एभरेस्टमाउन्ट भनिन्छ भने तिव्वती भाषामा छोमोलोड्ड भनिन्छ । सगरमाथा विश्वको सर्वोच्च शिखर हो ।सगरमाथा काठमाडौंबाट पुर्वतर्फ सगरमाथा राष्ट्यि निकुञ्जमा रहेको छ । हिमालयको महालंगुर खण्डमा अबस्थित छ । यसको उचाई ८,८४८ मीटर २९हजार २९ फीट छ । सगरमाथामा सबैभन्दा पहिला १९५३ मा नेपालका तेन्जिङ नोर्गेको साथमा न्यूजील्याण्डका एडमण्ड हिलारीले पाइला राखेका थिए । अहिलेसम्म हजारौं मानिसले यो हिमाल आरोहण गरिसकेका छन । सगरमाथा आरोहण गर्ने पहिलो नेपाली महिला पासाङ ल्यामु सेर्पा हुन् । सगरमाथा सोलुखुम्बु जिल्लामा अवस्थित छ । सगरमाथाबाट मनमोहक र अति नै सुन्दर दृश्यहरु देखिन्छन् ।

कञ्चनजङ्गा हिमालताप्लेजुङ जिल्लामा पर्दछ । कञ्चनजङ्घा हिमालको उचाई ८ हजार ५ सय ८६ मिटर रहेको छ । उच्च हिउँले भरिएको एक हिमाल भनेर चिनिन्छ । कञ्चनजङ्घा हिमाल कञ्चनजङ्घा हिमशृखलामा पर्दछ । ल्होत्से हिमाल खुम्बु महालङ्गुर हिमशृखलामा पर्दछ । सोलुखुम्बु जिल्लामा पर्ने ल्होत्से हिमालको उचाई ८ हजार ५ सय १६ रहेको छ । यो हिमालको स्थानीय नाम दक्षिण चुचुरा भनेर चिनिन्छ ।

मकालु हिमालको उचाई ८ हजार ४ सय ६३ मिटर रहेको छ । मकालु हिमाल कुम्भकर्ण हिमशृङ्खलामा पर्दछ । संखुवासभामा रहेको मकालु हिमालको स्थानीय नाम उच्च कालो हिमाल हो । चोयु हिमालको उचाई ८ हजार २ सय एक रहेको छ । महालङ्गुर हिमशृङ्खलामा रहेको चोयु हिमाल सोलुखुम्बु जिल्लामा पर्दछ ।

म्याग्दी जिल्लामा रहेको धौलागिरी हिमालको उचाई ८ हजार १ सय ६७ मिटर रहेको छ । धौलागिरी हिमाल धौलागिरी हिमशृङ्खला अन्र्तगत पर्दछ । यसलाई सेतो हिमालको नामले पनि चिनिन्छ । मनास्लु हिमालको उचाई ८ हजार १ सय ६३ रहेको छ । यो हिमाल गणेश मनासिरी हिमशृङ्खलामा पर्दछ ।

उत्तरी सीमाना नेपालको ताप्लेजङ र सिक्किमको बिचमा रहेको छ । अन्नपूर्ण हिमाल संसारकै अद्भुत दृश्य मध्येको एक हो।यहांको भौगोलिक विविधताको कारण यो हिमालमा चढ्न चाहनेको लागि एक एडभेन्चर कै अनुभव हुन्छ । अन्नपूर्ण हिमाल कास्की जिललामा पर्दछ । अन्नपूर्ण हिमाललाई स्थानीय नाम सहकालको देवता हो । यो हिमालको उचाई ८ हजार ९१ मिटर रहेको छ ।यो संसारको सबैभन्दा उच्च पहाड हिमालयको एक खण्ड पनि हो । यहाँबाट सुर्योदयको दृश्य हेर्नको लागि पर्यटकहरु ज्यादै नै उत्साहित हुने गर्दछन् ।

आठ हजारभन्दा अग्ला हिमालमा सोलुखुम्बुको ल्होत्सेसार ८हजार ४ सय चार मिटर रहेको छ । ताप्लेजुङमा पर्ने यालुङ काङ ८ हजार ५ सय पाँच मिटर रहेको छ । कञ्चनजंघा साउथको उचाई ८ हजार ४सय ७६ मिटर रहेको छ । कन्चनजङ्गा सेन्ट्रलको उचाई ८हजार ४सय ७३ मिटर रहेको छ । ल्होत्से मिडिलको उचाई ८हजार ४सय १० मिटर रहेको छ । यालुङ काङ बेस्टको उचाई ८हजार ७७ मिटर रहेको छ ।

विश्वभरमा आठ हजार मिटरभन्दा अग्ला हिमालको संख्या अब २० वटा रहेको छ । नेपालबाहिरका हिमालमा पाकिस्तानको केटुको उचाई ८हजार ६सय ११ मिटर रहेको छ । नाङ्गा पर्वतको उचाई ८ हजार १सय २६ मिटर रहेको छ । गसेरब्रुम प्रथमको उचाई ८हजार ६८ मिटर रहेको छ । ब्रोड पिकको उचाई ८हवार ४७ मिटर रहेको छ । गसेरब्रुम दोस्रोको उचाई ८हजार ३५ मिटररहेको छ । चीनको सिसापाङमाको उचाई ८हजार २७ मिटर रहेको छ ।

Comments
Loading...
You might also like