टेलिकमको अफरः ७ दिनसम्म अनलिमिटेड नाइट प्याक

  • 57
    Shares
0

काठमाडौं। सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले आफ्ना ग्राहकहरुका लागि विभिन्न दरका अनलिमिटेड भ्वाइस र डाटा प्याक उपलब्ध गराइरहेको छ। पछिल्लो समयमा कम्पनीले उपलब्ध गराइरहेका यस्ता प्याकहरु निकै नै लोकप्रिय समेत बन्दै गएका छन्।

हाल नेपाल टेलिकमले उपलब्ध गराइरहेको एक घण्टा अनलिमिटेड प्याक, डे टाइम भ्वाइस प्याक, अनलिमिटेड नाइट टाइम भ्वाइस प्याक र अनलिमिटेड नाइट डाटा प्याक सबैभन्दा बढी रुचाइएका छन्। तपाईं आफ्नो आवश्यकता अनुसार उपयुक्त प्याक खरिद गर्न सक्नुहुन्छ।

एक घण्टा अनलिमिटेड प्याक

यो प्याक २० रुपैयाँमा लिन सकिन्छ। प्याक एक्टिभ भएपश्चात् १ घण्टासम्म निरन्तर भ्वाइस, एसएमएस र डाटा असीमित रूपमा प्रयोग गर्न सकिन्छ।

एक घण्टासम्म जति पनि भ्वाइस कल गर्न, एसएमएस पठाउन वा डाटा चलाउन सकिने भएकाले यो प्याक निकै नै रुचाइएको छ।

डे टाइम भ्वाइस प्याक

डे टाइम भ्वाइस प्याकअन्तर्गत १५ रुपैयाँमा बिहान ५ देखि बेलुकी ५ बजेसम्म जति पनि कल गर्न सकिने छ। सो प्याक खरिद गरेको २४ घण्टाभित्र उपयोग गर्न सकिनेछ।

उदाहरणका लागि बिहान १० बजे खरिद गरेको प्याक बेलुकी ५ बजेसम्म र भोलिपल्ट बिहान फेरि १० बजेसम्म प्रयोग गर्न सकिन्छ। आफ्नो आवश्यकताअनुसार आफन्त वा प्रियजनसँग कुराकानी गर्नका लागि यो प्याक निकै नै उपयोगी बनेको छ।

अनलिमिटेड नाइट भ्वाइस प्याक

अनलिमिटेड नाइट टाइम भ्वाइस प्याकअन्तर्गत १२ रुपैयाँमा राति १० बजेदेखि बिहान ६ बजेसम्म कल गर्न सकिन्छ। रातको समयमा जति पनि कल गर्न सकिने भएकाले यो निकै नै उपयोगी बनेको छ।

अनलिमिटेड नाइट डाटा प्याक

अनलिमिटेड नाइट डाटा प्याकअन्तर्गत एक रातका लागि १८ रुपैयाँमा अनलिमिटेड डाटा राति ११ बजेदेखि बिहान ६ बजेसम्म चलाउन पाइनेछ। त्यसैगरी ९० रुपैयाँमा ७ दिनसम्म राति ११ बजेदेखि बिहान ६ बजेसम्म अनलिमिटेड चलाउन सकिने प्याक पनि उपलब्ध छ। रातको समयमा डाटा चलाउनुपर्ने व्यवसायीहरुका लागि समेत यो प्याक निकै नै उपयोगी बनेको छ।

प्याक खरिद गर्ने तरिका

विभिन्न प्रकारका प्याक प्राप्त गर्नका लागि ग्राहकले *1415# मा डायल गरेर आवश्यकताअनुसारको प्याक खरिद गर्न सकिन्छ। विभिन्न नम्बर डायल गरेर वा एसएमएस पठाएर पनि प्याक खरिद गर्न सकिन्ने टेलिकमले जनाएको छ।

एक घण्टा अनलिमिटेड प्याक खरिद गर्नका लागि सिधै *1415*8 # डायल गरेर आफूले प्रयोग गर्न चाहेको भ्वाइस, एसएमएस वा डाटाका लागि क्रमशः १, २ र ३ अंक डायल गर्नु पर्छ। त्यसैगरी सिधै FDPACK टाइप गरी १४१५ मा एसएमएस पठाउन पनि सकिन्छ।

त्यसैगरी, डे टाइम भ्वाइस प्याक खरिद गर्नका लागि सिधै *1415*9*2# डायल गर्न सकिन्छ। सिधै DVUNL टाइप गरी १४१५ मा एसएमएस पठाउन पनि सकिन्छ। अनलिमिटेड नाइट टाइम भ्वाइस प्याकका लागि सिधै *1415*1*5*4 # डायल गर्न सकिन्छ। सिधै NVUNL टाइप गरी १४१५ मा एसएमएस पठाउन पनि सकिन्छ।

अनलिमिटेड नाइट डाटा प्याकका लागि सिधै *1415*3# डायल गरेर १ दिनका लागि प्याक लिने भए १ र ७ दिनका लागि प्याक लिने भए २ अंक डायल गर्नुपर्छ। त्यसैगरी एक दिनको प्याकका लागि NUNL र ७ दिनका लागि भए UNL7 टाइप गरी १४१५ मा एसएमएस पठाउन सकिन्छ।

प्याक थाहा पाउने तरिका

मोबाइलमा लिएको भ्वाइस प्याक वा अन्य कुनै पनि प्याक कति बाँकी छ भनी थाहा पाउनका लागि *1415*55# डायल गर्न सकिन्छ।

त्यसैगरी, VL लेखेर १४१५ मा एसएमएस गर्न पनि सकिन्छ। त्यसपछि कति भ्वाइस प्याक वा अन्य प्याक बाँकी छ भन्ने जानकारीसहितको एसएमएस आउँछ। साथै, नेपाल टेलिकम एपमार्फत पनि बाँकी प्याक थाहा पाउन सकिन्छ।

Comments
Loading...
You might also like