विकासको तीव्र गति देख्दा केही मानिस अत्तालिएका छन्ः प्रधानमन्त्री

  • 272
    Shares
0

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले देश तीव्र गतिमा विकास हुँदै गएपछि कतिपय मानिसहरू आत्तिएको बताएका छन्। काभ्रेको धुलिखेल नगरपालिकामा आयोजित कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन्।

‘आज नेपाल परिर्वतनको तीव्र गतिमा छ, त्यसैले कतिपय मानिसहरू आत्तिएका छन्,’ प्रधानमन्त्री ओलीले भने। उनले अब टेलिफोन र विजुलीको तार पोल पोलबाट हट्ने पनि बताए। उनले भने, ‘अब तपाईहरूले पोल पोलमा झुण्डिएको तार देख्न पाउनु हुन्न, तारलाई जमिनमुनीबाट लैजाने कामको शिलान्यास गरेको छु।’

उनले ८८ प्रतिशतभन्दा बढी मानिस विद्युतको पहुँचमा रहेको र बाँकी मानिसहरूको पहुँचमा पनि केही समयभित्रै विद्युत पुग्ने बताएका छन्। यस्तै, मेलम्चीको पानी काठमाडौंमा ल्याएर निकट भविष्यमा खानेपानीको समस्या समाधान गर्ने बताए।

उनले देशभर डिजिटल नेपाल बनाउन फोर जी सेवा विस्तार भएको बताएका छन्। देश विकास हुँदा केही मानिस अत्तालिएको उनको भनाइ थियो। ‘केही मानिस त सपनामा झैँ यतिछिटो विकास हुँदो रहेछ भन्ने गरेका छन्,’ उनले भने।

Comments
Loading...
You might also like