प्रधानमन्त्रीद्वारा मदन भण्डारीको शालिक अनावरण

  • 778
    Shares
0

काभ्रे, ५ फागुन। प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेमा जननेता मदन भण्डारीको स्मृतिपार्क तथा शालिक अनावरण गरेका छन्। धुलिखेल नगरपालिका–११ काभ्रे भञ्ज्याङमा रहेको स्मृति पार्कको उद्घाटन र शालिक अनावरण गरेका हुन्।

सोमबार नगरपालिकाको ३४ औँ स्थापना दिवसमा सहभागी हुनुअघि उहाले सो शालिकको अनावरण गरे। शालिकसहितको पार्क प्रदेश सरकारले १५ लाख र नगरपालिकाले १५ लाख गरी ३० लाखमा निर्माण भएको हो। नगरपालिकालाई विभिन्न क्षेत्रबाट सहयोग गरेको भन्दै स्थापना दिवसको अवसर पारेर विभिन्नव्यक्तिहरूलाई नगरपालिकाले सम्मान गरेको थियो।

सोमबार नै प्रधानमन्त्री ओलीले विद्युतीय तारहरु भूमिगत गर्ने अभियान शुभारम्भ गरेका छन्। कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले देश समृद्धिको नयाँ यात्रामा गतिका साथ अघि बढेकाले त्यसको नतिजा देखिँदै जाने बताए।

Comments
Loading...
You might also like