कति गन्नु मृत्युहरु, नरोएका छैनन् मनहरु सार्वजनिक

  • 31
    Shares
0

काठमाडौं। गायक मोहित श्रेष्ठको कति गन्नु मृत्युहरु, नरोएका छैनन् मनहरु, गीत सार्वजनिक भएको छ। विश्व मानव समुदाय भयभित र त्रासले मानवहरु वर्तमान विश्व परिवेश गुर्जिरहेको बेला एक जनवादी गायक तथा सर्जकको यो गितले निकै भावपूर्ण अर्थ राखेको छ।

गायक मोहित श्रेष्ठले आफ्नो गीतको बोलमा ठूला-ठूला सहरले दिए मृत्युका खबरहरु कति गन्नु मृत्युका दिनहरु भनेर आफ्नो शुभचिन्तक र दर्शकमाझ राख्न खोजेका छन्।

यतिबेला विश्व मानव समुदाय माथि कोरोना भाइरसले हमला गरिरहेको बेला कति गन्नु मृत्युका दिनहरु भन्ने शब्द तथा संगितले झन दर्शक स्रोताको मनछुने निश्चित छ। एक अथक क्रान्तिकारी, ज्वारभाता, क्रान्तिका भञ्ज्याङ् उकाली ओराली तथा क्रान्तिका मुक्तिका गीत संगीत गाउने गायकले समय सान्दर्भिक गित भर्खरै मात्र आफ्नो युटुब च्यानलमार्फत् सार्वजनिक गरेका छन्।

Comments
Loading...
You might also like