हाम्रै छ काँधमा जाँगर (गीत)

Nir pawan
  • 457
    Shares

– निर पवन

चुसेर रस उखुको खोस्मेरा जस्तै नफाल,

अमृत दिने माहुरी हौं खोपेर रुख सम्हाल।

पाखुरी हाम्रो न उठे ढलको पानी नढल्ला,

जाँगर हाम्रो नजुटे चुल्होमा आगो नबल्ला।।

(१)

बगाउँदै रगत पसिना शहर हामी टल्काउने,

हरेक तिम्रो साँझमा हामी हौं बत्ती सल्काउने।

खाली छ खुट्टा खाली पेट हामीलाई डाँडा कटाउने,

बिपत्ति लाग्दा तगारो, पिठ्यूमा नाङ्लो ठटाउने।।

(२)

पुग्नु छ भने गन्तव्य तर्नुछ भने सागर,

फलामे लठ्ठा टङग्याउने हाम्रै छ काँधमा जाँगर।

सुन है ठूला ठालु हो इज्जयत राख तालुको,

हानेर लात्ती छातिमा रोकिएला पाइला होस गर।।

(३)

प्रतिक्रिया दिनलाई यहां क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्