बहिनीको हत्या गरेर फरार भएका रामभवन पक्राउ

  • 25
    Shares
0

रुपन्देही, ४ माघ । फरार एक अभियुक्तलाई रुपन्देही प्रहरीले १२ वर्षपछि पक्राउ गरेको छ। कोदालोले हानेर बहिनीको हत्या गरी फरार भएका रूपन्देहीको मर्चवारी ६ का रामभवन बेल्दारलाई प्रहरीले १२ वर्षपछि बिहीबार पक्राउ गरेको हो।

१० वर्षीया बोल्न नसक्ने बहिनीको रामभवन र बुबा रामपतसमेत दुई जना मिलेर कोदालो प्रयोग गरी हत्या गरेका थिए। छोरी बोल्न नसक्ने भएको भन्दै उनीहरुले २०६४ साल माघ ८ गते निर्मम हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। हत्यापछि उनीहरुले नेपाल–भारत सीमाना नजिकै रहेको डण्डा नदीको किनारामा शव गाडेका थिए।

बालिकाको हत्या भएको खबर प्रहरीले थाहा पाएलगत्तै माघ १३ गते गाडेको अवस्थामा प्रहरीले शव फेला पारेको थियो। हत्यापछि फरार बाबुछोरा भारतमा लुकिछिपि बस्दै आएका थिए । प्रहरीको विशेष सुराकीका आधारमा पक्राउ परेका रामभवनका बुबा रामपतको भने तीन वर्षअघि नै मृत्यु भइसकोको छ। घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Comments
Loading...
You might also like