चीनमा एक बच्चा नीति खारेज, तर बढेन जन्मदर

  • 28
    Shares
0

एजेन्सी। चीनमा सन् १९७९मा लागू भएको ‘एक बच्चा नीति’ले देशका कम्तीमा पनि एक तिहाई अभिभावकका लागि समेटेको थियो। त्यो हिस्साले दोस्रो बच्चा पाउनको लागि ठूलो जरिवाना रकम तिनुपथ्र्यो। तर ग्रामिण भेगमा पहिलो बच्चा छोरी भए दोस्रो बच्चा पाउदा जरिवाना नहुने व्यवस्था थियो ।

सन् २०१३ देखि देशका ती अल्पसंख्यक जोडिमध्ये एक जना एकल सन्तान भए तिनले दोस्रो बच्चा पाउने व्यवस्था गरिएको थियो। एक बच्चा नीति लागू हुदाँको समयमा, देशमा सुरक्षाबलले ठूलो संख्याको परिवारमा जबरजस्ती गर्भपतन गराएको आरोप लाग्ने गर्छ । त्यस्तै ती दिन धेरै अभिभावकले गर्भ भिडियो एक्स–रे गराएर छोरी भए गर्भपतन गराउने घटना पनि उलेख्य प्रचलनमा थियो।

यही कारणले अहिले चीनले ठूलो लैङ्गिक खाडल सामना गरिरहेको छ। चीनको जन्मदर जनवादी गणतन्त्रको स्थापना भएयताकै न्यून स्तरमा पुगेको छ। सरकारले एक बच्चा नीतिमा केही खुकुलोपन ल्याएको भए पनि जन्मदरमा त्यस अनुसारको वृद्धि नदेखिँदा यो परिणाम आएको हो।

चीनको जन्मदर अघिल्लो वर्ष प्रति हजार १०.४८ थियो। चीनको नेसनल ब्युरो अफ स्ट्याटिस्टीकका अनुसार यो तथ्याकं सन् १९४९ यताकै न्यून हो । चीनको जन्मदर वर्षौंदेखि निरन्तर ह्रास भइरहेको थियो जुन अर्थतन्त्रको लागि त्यति राम्रो मानिँदैन । न्यून जन्म दरको अर्थ थोरै काम गर्ने जनसंख्या हुनु हो जसले धेरै संख्यामा रहेका अवकास जनसंख्यालाई धान्नुपर्छ।

जन्मदर घटेपछि त्यही स्तरमा मृत्युदर पनि घटेका जनसंख्यामा भने उलेख्य कमी आएको छैन । चीनको जनसंख्या सन् २०१९ मा १ अर्ब ४० करोड थियो।चीनले सन् १९७९ मा, तत्कालिन समयमा तीव्र दरमा वृद्धि भइरहेको जनसख्या नियन्त्रणका लागि ‘एक बच्चा नीति’ देशभरी लागू गरेको थियो।

उक्त नीतिलाई उलंघन गर्ने परिवारले जरिवान भोग्नेदेखि रोजगारी गुमाउने अझ कैयौ अवस्थामा जबरजस्ती गर्वपतन भोग्नुपथ्र्यो । सो नीतिलाई चीनमा अहिले देखिएको महिला–पुरुषको संख्यामा ठूलो भिन्नताका लागि जिम्मेबार मानिन्छ। तत्कालिन समयमा धेरै परिवारले एक बच्चा जन्माउनुपर्दा छोरा जन्माउन जोड दिदाँ चीनमा अहिले महिलाभन्दा ३ करोड बढी पुरुष छन् ।

सन् २०१५ मा सरकारले ‘एक बच्चा नीति’लाई परित्याग गरेर दुई बच्चा नीति ल्यायो। तर उक्त सुधारपछिका दुई वर्ष जन्मदरमा केही सुधार देखिएको भए पनि हाल पहिलेभन्दा तल झरेको छ । विज्ञका अनुसार सरकारले ‘एक बच्चा नीति’ परित्याग गरेको भए पनि परिवारलाई दुई बच्चा हुर्काउन सहयोगी हुने कार्यक्रम नल्याउनाले नयाँ परिवर्तनले असर गर्न सकेको छैन । विशेषत बाल–स्याहारमा सघाउने कार्यक्रम र अभिभावक दुवै कामकाजी हुने आधुनिक अर्थतन्त्रमा सुत्केरी विदामा सरकारले कुनै कार्यक्रम ल्याउन नसक्दा धेरै जोडिले एक बच्चामै चित्त बुझाइरहेका छन् ।

Comments
Loading...
You might also like