गायिका धिमालको ‘तिम्रो मुटु मेरो मुटु’ गीत सार्वजनिक (भिडियोसहित)

  • 325
    Shares
0

काठमाडौं, ४ माघ। गायक एंव सङ्गितकार कारसाङ लामाको सङ्गितमा ‘तिम्रो मुटु मेरो मुटु’ सार्वजानिक भएको छ। नेपाली गीत सङ्गितमा पछिल्लो समय ब्यस्त लामाको उक्त गीतमा धेरैले राम्रो प्रतिक्रिया दिएका छन्।

गीतमा सुन्दर पन्तको शब्द, कारसाङ लामाको सङ्गित रहेको छ। भोइस अफ नेपाल टप ८ सम्म पुगेकी गायिका मेचु धिमालको आवाज रहेको गीतमा गायक नारायण थापाले साथ दिएका छन्।

भिडियोलाई निर्देशन र छायाङ्कन प्रेम लामाले गरेका हुन् भने राज महर्जनले कोरियोग्राफि, सुवास डाँगीले ड्रोन, टेकेन्द्र शाहले कलर र सम्पादन गरेका हुन्। भिडियोमा मनोज ओली र ऋचा थापाको अभिनय रहेको छ।

Comments
Loading...
You might also like