विकास निर्माणका गतिविधिमा प्रहरीले सघाउँछः सर्वेन्द्र खनाल

  • 27
    Shares
0

चितवन। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले विकास निर्माणका गतिविधिमा अवरोधहरु पुर्‍याउने तथा समाजमा भएका गलत क्रियाकलापहरुलाई निस्तेज पार्न नेपाल प्रहरी संवेदनशील भएर अगाडि बढेको बताएका छन्। उनले नेपाल प्रहरी यस किसिमका गतिविधिहरुमा सरोकारवाला निकायहरुसँगको सहकार्य र समन्वयमा अघि बढ्ने बताए।

मुग्लिङ बजारस्थित ईलाका प्रहरी कार्यालयको भवनको शिलान्यास कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले नेपाल प्रहरीले अंगिकार गरेको समुदाय(प्रहरी साझेदारी अवधारणा अनुरुप भएका गतिविधि अत्यन्तै फलदायी रहेको चर्चा गरे।

उनले यस अन्तर्गत विभिन्न समिति र स्थानीय तहसँगको सहकार्यमा विभिन्न जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताए। तोकिएको समयमै ईलाका प्रहरी कार्यालयको निर्माण कार्य सम्पन्न गर्न उनले आग्रह गरे।
नेपाल सरकारको नियमित बजेटबाट ४ कठ्ठा ६ धुर वर्ग मिटर क्षेत्रफलमा ईलाका प्रहरी कार्यालय मुग्लिङको ४ तल्ले भवन निर्माण गरिँदै छ। जसको लागत करिब ६ करोड ५८ लाख हुने जनाइएको छ।

Comments
Loading...
You might also like