अनेरास्ववियूले टुंग्यायो जिल्ला कमिटीको एकता

  • 19
    Shares
0
  • राजेन्द्र बिक

बाजुरा। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विद्यार्थी सङ्गठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) ले जिल्ला कमिटीको एकता टुंगो लगाएको छ।

अनेरास्ववियूका केन्द्रीय सदस्य दीपक डिसी, जिल्ला संयोजक राजीव रोकाया र सहसंयोजक पारस बुढाको उपस्थितिमा बसेको बैठकले ५९ सदस्यीय जिल्ला कमिटी रहने गरी सङ्गठनको एकता टुंग्याएको हो।

जसमा तत्कालीन अनेरास्ववियूबाट ३२ र अनेरास्ववियू (क्रान्तिकारी)बाट २७ जना समावेश गरिएका छन्। अनेरास्ववियूले दुवै सङ्गठनका नेताहरू बिचको सहमतिमा जिल्ला कमिटी टुंगो लागेको संयोजक राजीव रोकायाले बताएका छन्।

केन्द्रीय भागवण्डाकै आधारमा जिल्ला कमिटीमा दुवै सङ्गठनको तर्फबाट सदस्य समावेश गरिएको सहसंयोजक पारस बुढाले बताए। उनले जिल्ला कमिटीको बैठकबाट एक तिहाइ सदस्य रहने सचिवालय गठन गरिने जानकारी दिए।

विद्यार्थी सङ्गठनको जिल्ला कमिटी गठनसँगै जिल्ला स्तरमा अनेरास्ववियूका गतिविधिले ऊर्जा लिने केन्द्रीय सदस्य दीपक डिसीले बताए।

Comments
Loading...
You might also like