समाजले नदेखेको पुरुष हिंसा

  • 7.2K
    Shares
0

काठमाडौं। समय र परिवेश अनुसार सत्यहरू बाझिएका हुन्छन्। खासमा सत्यहरूलाई पनि शक्तिशालीहरूले हल्लाई रहेको पाइन्छ। सत्य र असत्यको द्वन्द्व सत्य नभईकन कसैको क्षणिक शक्ति हाबी हुनु भनेको समाजका हार हो। मानवताको हार हो। सुसंस्कारको हार हो मानवीय मूल्यको हार हो।

भनिन्छ नि पाप धुरीबाट कराउँछ। एक दिन सत्यहरू बाहिर निस्कन्छन् भन्ने विश्वास त हामीले राखेका हुन्छौँ नै। व्यक्ति सत्यको बाटोमा हिँडिरहँदा पनि उसको बाटोमा हजारौँ कठिनाइहरू आउन सक्छन्। कठिनाइलाई झेल्न सक्ने क्षमता भएका व्यक्तिलाई पनि एक दिन न्याय अवश्य मिल्छ। हिंसाको थुप्रै रूप छन्। म विशेष गरी हिंसालाई चार भागमा बाँडेर केही कुरा राख्न चाहन्छु। महिला हिंसा, मानसिक हिंसा, बौद्धिक हिंसा र यौन हिंसाको बारेमा।

हिंसा कसलाई हुन्छ ? हिंसामा पर्ने सबै कमजोर र अशिक्षित मात्र हुन्छन् त ? हिंसाको परिचय कुटपिट मात्र हो त ? यस्ता प्रश्न हमेसा हाम्रो मनमा उत्पन्न हुन्छन्। हिंसा महिलामाथि मात्र हुन्छ र हिंसा गर्ने पुरुष मात्र हुन्छन् ? यहाँ चारैतिर महिला हिंसामा परे भनिरहँदा पुरुष हिंसामा परेको बारेमा सोच्दैनौँ।

समाजमा विभिन्न स्वरुपमा जताततै महिलामाथि हिंसा भएको घटना देख्न पाइन्छ। तर सबै देखिएका सत्यहरू सत्य पनि त हुँदैनन्। हाम्रै वरिपरि कति पुरुष दाजुभाइहरू हिंसामा परेका छन्। तर देखेर पनि नदेखेझैँ गर्दछौँ। महिलालाई झैँ पुरुषलाई पनि मानसिक हिंसा हुन्छ। घरपरिवारदेखि समाज सबै दायित्वको भार उसमा हुन्छ ? दिनभरि बाहिरी काम अनि मेहनत अनुसारको पारिश्रमिक नहुँदा परिवारको जरुरत र चाहाना पूरा गर्न नसक्दा पुरुषहरु पनि तनाव र मानसिक पीडामा हुन्छ। यति मात्र होइन अझ सामाजिक रूपमा उन्नति र प्रगतिको बारेमा साथीभाइलाई भन्दा पछि पर्दा पुरुषलाई हेर्ने सामाजिक दृष्टिकोणले पनि पुरुष हिंसामा परेका हुन्छन्। पुरुष पुरुषकै कारण र महिला महिलाकै कारणले धेरै हिंसामा परेको पाइन्छ।

नेपालको राजनीतिक अस्थिरता र देशमा पर्याप्त रोजगारी नभएर कति पुरुष दाजुभाइ नचाहा नचाहँदै पनि परदेशीको जीवन बिताउन बाच्न बाध्य छन्। यो लेख लेखिरहँदा धेरै पुरुष दाजुभाइहरूलाई प्रश्न गरे, के पुरुषमाथि हिंसा हुन्छ ? उनीहरूले पुरुषलाई पनि हिंसा हुने बताए। एउटा विवाह बन्धनमा बाँधिएको पुरुषमाथि पनि हिंसा भइरहेको हुन्छ।

जहाँ लैंगिक‍ हिंसा हुन्छ। त्यहाँ झन् पुरुष हुन्छ। मानौँ एक परिवारमा दुई बच्चा र श्रीमान् छन् र त्यो घरको आर्थिक स्थिति कमजोर छ। त्यस घरमा कमाउने व्यक्ति एक जना मात्र घरका श्रीमान् हुन्। महिलाले घर सम्हाल्छिन् भने आर्थिक व्यवहार र पारिवारिक जिम्मेवारी सबै पुरुषकै आयआर्जनमा भर पर्दछ। उनलाई कसरी परिवार सम्हालौँ। र व्यवहार मिलाउने भन्ने विषयले सधैँ तनाव भइरहन्छ। यो पनि एक किसिमको मानसिक हिंसा होइन र ?

पिँजडामा बस्ने पंक्षी र खुला आकाशमा उड्ने पंक्षीबीच संघर्षको यात्रा फरक छ। पिँजडामा बस्ने पंक्षीलाई सब थोक पुग्छ। तर पनि खुला आकाशमा उड्न चाहन्छ। तर खुला आकाशको जीवन सोचे जति सजिलो र रमाइलो कहाँ हुन्छ र ? खुला आकाशमा उड्ने पंक्षीलाई सधैँ सिकारीको डरमा हुन्छ। हाम्रो समाजले पुरुषलाई स्वतन्त्रता दिएको त छ। साथै जिम्मेवारी पनि थपेको छ। इतिहासका केही पुस्तक पढ्दा मैले पुरुषलाई मानसिक हिंसा परेको देख्छु। तर वर्तमान समयमा पुरुष हिंसा देशव्यापी रूपमा बढेको छ। देशको हरेक ठाउँमा पुरुष पीडित भएको समाचार आउन थालेको छ। श्रीमतीबाट पुरुषहरू हिंसामा परेको घटनाहरू बाहिर आएका छन्।

भावना सबैभित्र हुन्छ। भगवानले मानिसको सिर्जना गर्दा माया, ममता, आफ्नोपन दुवै नारी र पुरुषलाई दिएका छन्। चोट लाग्दा मन दुख्दा, जीवनमा असफलता भोग्दा होस वा एक्लोपन भोग्दा आशु त पुरुषका आँखाबाट पनि आउँछ। तर समाजले पुरुषको चित्रण नै कठोर र निर्दयी गरिदियो। महिला बलात्कृत हुँदा महिला अधिकारकर्मीहरु सडक तताउन आन्दोलन गर्न तयार हुन्छन्। तर पुरुष महिलाबाट बलात्कृत हुँदा कसले सडक तताउने ? अव पुरुष कसरी बलात्कृत हुन्छन् भन्ने प्रश्न उठ्न सक्छ ? विश्वमा यस्ता हजारौँ घटना घटेका छन्। नेपालमा पनि छन्।

समाजमा समान अधिकार खोजिरहँदा आफ्नो दायित्व र अधिकार दुवै महिला पुरुषले बिर्सनु हुँदैन। सामाजिक चेतनामूलक नैतिक शिक्षा र देशमा नै उचित रोजगारी भएमा समाजमा यस्ता घटना अलि कम हुनेछन्। समपरिवेश अनुसार गाउँ समाजमा जनचेतनामूलक कार्यक्रम र देशमा उचित कानून भएमा हिंसा कम हुन सक्छ।

प्रिया देवकाेटा, विद्यार्थी नेता, अस्कल क्याम्पस

Comments
Loading...
You might also like