शिक्षाको अधिकार स्थानीय तहमा दिँदा शिक्षा अस्तव्यस्त भयो : मुख्यमन्त्री गुरुङ

  • 1.6K
    Shares
0

पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहलाई दिइएका कारण शैक्षिक क्षेत्र अस्तव्यस्त भएको बताएका छन्। पोखरामा आयोजित एक कार्यक्रममा उनले शिक्षासम्बन्धी संवैधानिक व्यवस्था फेर्नुपर्नेमा जोड दिए।

प्रदेश सरकारले सीपमूलक शिक्षालाई अघि बढाउने गरी योजना बनाइरहेको मुख्यमन्त्री गुरुङले जानकारी दिए। गण्डकी विश्वविद्यालय सञ्चालनको तयारीमा प्रदेश सरकार रहेको उनले बताए। मुख्यमन्त्री गुरुङले कसैसँग भिख मागेर विश्वविद्यालय नचलाइने समेत बताए। विदेशका विभिन्न विश्व विद्यालयसँग भाइचारा सम्बन्ध कायम गरेर उताका विद्यार्थी यहाँ पर्यटन, संस्कृतिलगायत विषयमा अध्ययन गर्न आउने र यताका विद्यार्थी डाक्टर, इन्जिनियर पढ्न उता जाने वातावरण यस विश्वविद्यालयले निर्माण गर्ने उनको भनाइ थियो।

ज्ञानमा आधारित आजको शिक्षा विकासका लागि बाधक भएकाले वर्तमान आवश्यकता पूरा नहुनेतर्फ सङ्केत गर्दै उनले सीपमा आधारित शिक्षामा जोड दिनुपर्ने बताए। पोखरा लागू पदार्थ दुर्व्यसन र लुकीछिपी गरिने यौन धन्दाका कारण दुर्नाम भएको उल्लेख गर्दै उनले आफ्ना छोराछोरीको गतिविधिमा अभिभावकले निगरानी राख्नु पर्नेमा जोड दिए।

Comments
Loading...
You might also like