लोक गायक प्रकाश कटुवाल पक्राउ

  • 219
    Shares
0

काठमाडौं। लोक गायक प्रकाश कटुवाल तनहुँको डुम्म्रेबाट पक्राउ परेका छन्। कटुवाललाई सोमबार राति ज्यानमार्ने उद्योगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय तनहूँका प्रमुख एसपी विनोद शिलवालले दिएको जानकारी अनुसार कटुलालले डुम्म्रेस्थित होटल डाँफेका मालिक लालकाजी गुरुङलाई रड प्रहार गरेर घाइते बनाएका थिए। गत शुक्रबार एक कार्यक्रमका लागि काठमाडौंबाट पोखरा जाने क्रममा होटल डाँफेमा नास्ता खाएर फर्कने क्रममा बिवाद भएको थियो।

गुरुङ र कटुवालबीचको बिवादपछि प्रकाशले प्रतिशोध साध्ने हिसाबले रड प्रहार गरेका थिए। रड प्रहारबाट गुरुङको टाउकोमा चोट लागेको छ। घाइते गुरुङकी छोरीले प्रहरीमा दिएको किटानी जाहेरीका आधारमा कटुवाल पोखराको कार्यक्रम सकेर काठमाडौं फर्कने क्रममा पक्राउ परेका हुन्।

उनीमाथी ज्यानमार्ने उद्योगमा मुद्दा दर्ता गर्ने तयारी भइरहेको तनहुँ प्रहरीले जनाएको छ।

Comments
Loading...
You might also like