एनआईसी एशिया बैंकको धनुषामा नयाँ शाखा

  • 10
    Shares
0

काठमाडौं। एनआईसी एशिया बैंकले धनुषाको धनुषाधाममा नयाँ शाखा संचालनमा ल्याएको छ। धनुषाधाम नगरपालिका मेयर बालेश्वर मण्डलले आज एक समारोहकाबीच धनुषाधाम शाखाको उद्घाटन गरेका छन्।

उक्त शाखा सञ्चालनमा आएसँगै त्यस क्षेत्रका ग्राहकलाई बैंकको सेवा प्राप्त गर्न थप सहज हुने बैंकले विश्वास लिएको छ।

एनआईसी बैंकको मुलुकभर ३१९ शाखा कार्यालयहरु, ४४४ एटिएम, १०३ वटा एक्स्टेन्सन काउण्टर एवं ५२ वटा शाखारहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

Comments
Loading...
You might also like