बम राखेको आरोपमा सेनाका पूर्वहवल्दार पक्राउ

  • 35
    Shares
0

काठमाडौं। ललितपुरको गोदावारीस्थित एक व्यक्तिको घरमा बम राख्ने एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा नेपाली सेनाका अवकाशप्राप्त हवल्दार राजकुमार सार्की रहेका छन्।

उनलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो। सार्कीले गोदावारी नगरपालिका–५ स्थित सोमबार स्थानीय सुकराम मिजारको घरमा बम राखेका थिए।

मिजारसँग पैसा माग्ने उद्देश्यले उनले बम राखेको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए।

Comments
Loading...
You might also like