वायुसेवा निगमले माग्यो डेढ सय बढी कर्मचारी (सूचनासहित)

  • 265
    Shares
0

काठमाडौँ। नेपाल वायुसेवा निगमले विभिन्न पदमा कर्मचारी मागेको छ। निगमले विभिन्न पदमा डेढ सय बढी कर्मचारी माग गरेको हो।

निगमले लेखा सहायकदेखि सिनियर क्याप्टेन पाइलटसम्म माग गरेको छ। निगमले लोकसेवा आयोगबाट सहमति लिएर खुल्ला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्नुपर्ने भएकोले कर्मचारी माग गरेको जनाएको छ।

जारी सूचना अनुसार निगमले सिनियर क्याप्टेन २० जना, जुनियर क्याप्टेन १४ जना सिनियर को–पाइलट १३ जना, सामान्य प्रशासन अधिकृत २१ जना सहायक ३४ जना लगायत वरिष्ठ प्राविधिक, अपरेसन्स इन्जिनियर लगायत १८ पदमा कर्मचारी माग गरेको छ ।

निगमले ती पदहरूमा खुल्ला, मधेसी जनजाति, महिला, दलित, अपाङ्ग र पिछडिएको क्षेत्रलाई समेत आरक्षण दिएको छ। आवेदकले सूचना प्रकाशित भएको २१ दिन भित्र योग्यता अनुसार आवेदन दिन सक्नेछन्।

Comments
Loading...
You might also like