प्रजातन्त्र र राष्ट्रियता एक अर्काको परिपुरक: काँग्रेस

  • 24
    Shares
0

काठमाडौं । नेपाली काँग्रेसले नेपालमा प्रजातन्त्र र राष्टियता एकअर्काको परिपुरक रहेको बताएको छ । ७० औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवशरमा प्रेस वक्तव्य मार्फत काँग्रेस यस्तो बताएको हो ।

प्रजातन्त्र दिवशलाई नेपाली जन–संघर्षको इतिहासको एक अवस्मरणीय दिनको रुपमा रहेको जनाएको छ । २००७ को कात्र्तिक २६ देखि प्रारम्भ गरिएको ऐतिहासिक जन–क्रान्तिले यसै दिन १०४ वर्षको एकतन्त्रीय निरंकुश राणा शासनलाई समाप्त पारेर देशमा प्रजातन्त्रको स्थापना गर्न सफल भएको सम्झनामा लोकतन्त्र दिवश मनाइदै आइएको छ ।

देशमा प्रजातन्त्र स्थापित गर्न, आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक, धार्मिक लगायतका क्षेत्रमा आमूल रूपमा अग्रगामी परिवर्तन ल्याइएको दिनको रुपमा प्रजातन्त्र दिवश मनाउदै आएको काँग्रेसले जनाएको छ । काँग्रेसले जात–जाति, धर्म, लिङ्ग वा वर्गको आधारमा हुने भेदभाव हटाएर शोषण रहित समाज निर्माणमा मुलुकलाई अग्रसर गराउन प्रजातन्त्रले महत्वपूर्ण भूमिका खेलेको जनाएको छ ।

प्रजातन्त्र स्थापना पश्चात नेपाल मध्ययुगीन सामन्ती अवस्थाबाट बाहिर आएर नयाँ युगमा प्रवेश गरेको जनाउदै काँग्रेसले नेपालको प्रजातन्त्रसँगै बलियो राष्ट्रियताको आधार पनि निर्माण भएको वक्तव्यमा उल्लेख गरेको छ । देशमा लोकतन्त्र स्थापना र पुनस्र्थापनाको लामो संघर्षमा सपुतहरुले उत्सर्ग गरेको बताउदै नेपालको संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गर्न सक्यौं भने मात्र लोकतान्त्रिक आन्दोलनमा बलिदानी दिनु हुने शहिदहरुप्रति सच्चा सम्मान हुने बताएको छ

Comments
Loading...
You might also like