धुलोमुक्त सडक बनाउने अभियानमा प्रचण्ड

  • 242
    Shares
0

राजेन्द्र आचार्य
चितवन । नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृह जिल्ला चितवनमा धुलो मुक्त सडक बनाउने अभियानलाई तीव्र पारेका छन् । चितवन क्षेत्र नम्बर ३ बाट विजयी भएसँगै मूल प्राथमिकता धुलो मुक्त पिच सडक बनाउनमै केन्द्रित रहेका अध्यक्ष प्रचण्डले सडक विस्तारको कामलाई अभियानकै रुपमा लगेका हुन् ।

प्रचण्डको पहलमा सबैभन्दा बढी रकम रिङरोड, लिंकरोड र प्रचण्डमार्गलगायत सहरी विकास कार्यक्रम अन्तर्गत २०७७ असार मसान्तसम्म सम्पन्न गर्ने गरी १३ वटा सडक विस्तारको काम पनि जारी छ । अभियानकै क्रममा जिल्ला आउने हरेक कार्यक्रममा अध्यक्ष प्रचण्डले धुलो मुक्त सडक निर्माणलाई मुल धारमा राखेर जनताको विकासमा अग्रसर रहेको दोहोराउदै आएका छन्।

यसैक्रममा निर्माण जारी रहेको ५ वटा सडकका लागि पुन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट १० करोड रुपैयाँ थप रकम निकास भएको प्रचण्ड निर्वाचन क्षेत्र स्वकीय सचिव निशा न्यौपानेले जानकारी दिईन् । जस अन्र्तगत नारायणी कोरिडोर, भरतपुर वडा नम्बर ६ र १३ को सिमाना हुदै सितामाई सडक, भरतपुर वडा नम्बर १४ को वरको वोटदेखि सुन्दरवस्ती गौचरन सडक, पकौडी विशाल चोक सडक र भरतपुर वडा नम्बर २७ र २८ गोलाघाट तेलौली सडकगरि ५ सडकलाई १० करोड रुपैयाँ वजेट थप भएको उनले बताईन् ।

जस अनुसार साढे ५ मिटरको ढलसहितको पक्की सडक निर्माण पुरा हुनेछ । प्रचण्डले हरेक पटक चितवनमा आउदाँ आफ्नो भाषणमा चितवनको विकास, निर्माण र समृद्धि नेपालकै लागि नमुना हुने समेत बताउदै आएका छन् । जनताले निर्वाचनको समयमा गाउँ गाउँमा जादाँ सडक बनाउन गरेको माग अनुसार धुलो मुक्त सडक बनाउने अभियान जारी छ अध्यक्ष प्रचण्डको भनाईलाई उद्धित गर्दै सचिव न्यौपानेले भनिन् यि सडक विपन्न सुमदायको क्षेत्रमा पर्छ ।

उनले अध्यक्ष प्रचण्डले आफ्नो प्रतिवद्धता अनुसार जनताको माग अनुसार विकासका पूर्वाधारहरुः सडक, पुल, विद्यालय, स्वास्थ्य संस्था, पर्यटन, कृषि लगायतको विकासका लागि ४ अर्ब रकम विनियोजन यसअघि नै गराईसकेका थिए । सडक डिभिजन कार्यालयमार्फत निर्माण भइरहेका विभिन्न विकास कामले यतिवेला चितवनको मुहार फेरिने क्रममा छ ।

प्रचण्डकै पहलमा पुलचोक देखि गोन्द्राङ सम्मको ६ सडकलाई विस्तार गर्ने काम समेत सुरु भईसकेको छ । भने छिटै नारायणी र राप्ती नदीमा तटबन्धनसहितको रिङरोड र, गोलाघाट पुलको तत्कालै निर्माण सुरुसहित नारायणीमै थप ३ वटा ब्युटिफिकेशन पुल निर्माणलाई समेत अघि सारेका छन् ।

उता भरतपुर महानगर अन्र्तगत निर्माण जारी यि योजनाहरुलाई निर्धारित समय भित्र गुणस्तरसहित निर्माण सम्पन्न गर्न आफुहरुले खबरदारी र अनुगमन र ढिलो काम गर्ने ठेक्दारलाई कार्वाही प्रक्रिया अगाडी बढाएको मेयर रेनु दाहाले बताईन् । उनले स्थानिय सरकारको रुपमा भरतपुर महानगरले समेत विभिन्न योजनामा आफ्नो सहभागीता जनाउदै जनमुखी काममा अग्रसर भएको बताईन् । साथै विकास र निर्माणको यो चरणमा सबैले क्षेत्रको सहयोग र सहकार्य उतिकै आवश्यक भएको उनले भनाई छ ।

Comments
Loading...
You might also like