किन सर्‍यो च्याम्पियन्स लिग र युरोपा लिगको फाइनल ?

  • 5
    Shares
0

एजेन्सी, चैत्र ५ । च्याम्पियन्स लिग फुटबल र युरोपा लिग फुटबलको फाइनल खेल सरेको छ ।

युरोपियन फुटबलको सर्वोच्च निकाय युईएफएले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड-१९) को जोखिमलाई मध्येनजर गरेर च्याम्पियन्स लिग र युरोपाको फाइनल खेल एक महिना सरेको हो ।

आगामी मे महिनामा तय भएको च्याम्पियन्स लिग र युरोपाको फाइनल जुनमा हुनेछ । युईएफएले च्याम्पियन्स लिगको फाइनल जुन २७ र युरोपाको जुन २४ मा हुने जनाएको छ ।

यसअघि च्याम्पियन्स लिगको फाइनल मे ३१ र युरोपाको फाइनल मे २७ मा हुने तय भएको थियो ।

चीनबाट सुरु भएको कोरोना भाईरस युरोपियन राष्ट्रमा महामारीको रुपमा फैलिएपछि युईएफएले युरोकप फुटबल समेत एक वर्ष सरेको छ ।

यस्तै च्याम्पियन्स लिग र युरोपाको खेलहरु समेत स्थगित गरिसकेको छ ।

Comments
Loading...
You might also like