यहाँ ३३ दिनको एक वर्ष हुन्छ !

  • 118
    Shares
0

काठमाडौं, ५ चैत। वैज्ञानिकहरुले पहिलो पटक पृथ्वीको जस्तै ग्रहको बारेमा पत्ता लगाएका छन् । जहाँ पृथ्वीकै जस्तो जीवन जिउँन सकिन्छ। हाम्रो सौर्य मण्डल भन्दा बाहिरको भागमा फेला परेको यो ग्रहमा पानी रहेको बताईएको छ। यो ग्रहको नाम वैज्ञानिकहरुले ‘सुपर अर्थ’ राखेका छन्।

यो ग्रह पृथ्वीभन्दा लगभग १ सय १० प्रकाश वर्ष टाढा रहेको छ । वैज्ञानिकहरुका अनुसार यसको नाम पृथ्वीभन्दा दुई गुणा ठूलो भएकोले सुपर अर्थ राखिएको हो। यो ग्रह पृथ्वी भन्दा दुई तथा मंगल ग्रह भन्दा आठ गुणा ठूलो रहेको छ। वैज्ञानिकहरुले यो नयाँ ग्रहलाई ‘के टु १८ बि’ भन्ने गर्छन्।

कलेज लण्डन युनिभर्सिटीका वैज्ञानिकका अनुसार यो ग्रहको तापक्रम जीवन व्यतित गर्नका लागि अनुकुल रहेको छ । यो ग्रहले सौर्य मण्डलमा आफ्नो परिक्रमा ३३ दिनमै पुरा गर्छ। तर हाम्रो पृथ्वीले सौर्य मण्डल परिक्रमा गर्नका लागि ३ सय ६५ दिन लगाउँछ। त्यसैले वैज्ञानिकहरुले यो ग्रहमा मानिसको जीवनको सम्भावना रहेको बताएका छन् ।ग्रहमा वाष्प देखिएको कारणले वैज्ञानिकहरुले त्यहाँ चट्टान तथा बर्फ भएको बताएका हुन् । एजेन्सी ।

Comments
Loading...
You might also like