रघुपति जुट मिलको बिजुली काटियो

  • 69
    Shares
0

काठमाडौं, ५ चैत। रघुपति जुट मिलको बिजुली काटिएको छ। साढे १५ करोड रुपैयाँ बक्यौता नतिरेका कारण रघुपति जुट मिलको बिजुली काटिएको हो।

डिटेकेटेड लाइनको १५ करोड ५५ लाख ६८ हजार रुपैयाँ बक्यौता नतिरेपछि बुधबार लाइन काटिएको प्राधिकरण विराटनगर वितरण केन्द्र प्रमूख राजीव सिंहले जानकारी दिए। मिलले गएको कात्तिकसम्मको ११ करोड ९१ लाख रुपैयाँ ४४ किस्तामा तिर्ने सहमति गरेको थियो। प्रतिकिस्ता २७ लाख ६ हजार रुपैयाँ तिर्ने सहमति गरेको उद्योगले पैसा नतिरेपछि लाइन काटिएको प्राधिकरण विराटनगर वितरण केन्द्र प्रमूख राजीव सिंहले बताए।

मिलले डेडिकेटेड लाइनको बक्यौता नतिर्ने भन्दै उच्च अदालत विराटनगरमा मुद्दा हालेको थियो। तर, प्रेमराज ढकाल र नरिश्वर भण्डारीको इजलासले फागुन ५ गते प्राधिकरणको पक्षमा फैसला गरेपछि प्राधिकरणलाई बक्यौता उठाउन थप सहज भएको थियो। मिलले बक्यौता रकम तिरेमा फेरि बिजुली जडान गरिदने प्राधिकरणले जनाएको छ।

8

Comments
Loading...
You might also like