‘आफ्नो योग्यताको मूल्य आफैंले तोक्नुहोस्’

  • 31
    Shares
0

काठमाडौं। गौतम बुद्धका यस्ता विभिन्न प्रसंग प्रचलित छन् जसलाई जीवन सफल बनाउनका लागि ध्यानमा राख्न जरुरी छ। यहाँ यस्तो एउटा प्रसंगबारे कुरा गरिएको छ जसमा हामीले आफूलाई अरुभन्दा कम सोच्न नहुने बताइएको छ।

प्रचलित प्रसंग अनुसार महात्मा बुद्ध कुनै गाउँमा बसेका थिए। गाउँभरीका र वरिपरिको स्थानबाट पनि मानिसहरु उनको दर्शन गर्न र प्रवचन सुन्न आएका थिए। एक दिन एक व्यक्ति उनलाई भेट्न आए र प्रश्न सोधे, ‘जीवनको मूल्य के हो ?’ बुद्धले ती व्यक्तिलाई एउटा पत्थर दिएर उत्तर पाउनुअघि त्यसको मूल्य पत्ता लगाउन अह्राए। तर त्यो बेच्न भने नपाइने शर्त राखे।

ती व्यक्ति पत्थर लिएर बजार पसे। त्यहाँ एक सुन्तला व्यापारीलाई ढुङ्गाको मूल्य भनिदिन आग्रह गरे। ती व्यापारीले त्यो पत्थर हेरे, निकै चम्किरहेको थियो। उनले त्यो पत्थर आफूलाई काम नलाग्ने बताउँदै यसको बदलामा १२ वटामात्र सुन्तला दिनसक्ने बताए। त्यसपछि ती व्यक्ति तरकारी पसले भएठाउँ पुगे। पत्थर देखेर तरकारी पसलेले भने, ‘एक बोरा आलु लिएर जाउ र यो पत्थर मलाई देउ।’

त्यसपछि ती व्यक्ति सुनार भएठाउँ गएर उक्त पत्थर देखाए। सुनारले पत्थरहेरेर त्यसको साटो एक हजार स्वर्ण मुद्रा दिनसक्ने बताए। ती व्यक्तिले पत्थर बेच्न अस्विकार गर्दा सुनारले हजार स्वर्ण मुद्रा दिने बताए। त्यसपछि पनि ती व्यक्तिले पत्थर बेच्न नमानेपछि सुनारले भने, ‘तिमी यसको जे मूल्य माग्छौ, त्यो म दिनसक्छु।’ त्यसपछि ती व्यक्तिले स्पष्ट पारे, ‘म यो पत्थरलाई बेच्न सक्दिनँ। मलाई यसको मूल्य मात्र थाहा पाउनुथियो।’

सुनारपछि ती व्यक्ति हिरा व्यापारी भएठाउँ पुगे र त्यो पत्थर देखाए। ती व्यापारीले उक्त पत्थर देखेपछि त्यो अनमोल रत्न भएको बताए। व्यक्ति अचम्ममा परे। त्यसपछि उनी बुद्ध भएठाउँ पुगे। उनले आफूले भोगेको सबै कुरा बताएपछि बुद्धलाई जीवनको मूल्य बताइदिन पुनः आग्रह गरे।

बुद्धले भने, ‘सुन्तला व्यापारीले यो पत्थरको मूल्य १२ वटा सुन्तलासँग तुलना गरे। तरकारी पसलेले एक बोरा आलुसँग, सुनारले चार हजार स्वर्ण मुद्रासँग र हिरा व्यापारीले यसलाई अनमोल बताए। यही कुरा हाम्रो जीवनमा पनि लागू हुन्छ। हरेक व्यक्ति एक हिरा हो, तर अर्को व्यक्तिले हाम्रो मूल्यलाई उनीहरुको सामथ्र्य र जानकारी अनुसार तोक्ने गर्छन्। हामीले हाम्रो योग्यताको तुलना कसैसँग पनि गर्नु हुँदैन। योग्यताको मूल्य हामी आफैंले लगाउनुपर्छ किनभने कोही दोस्रो व्यक्तिले हाम्रो सही मूल्य लगाउन सक्दैनन्। यदि कसैले हाम्रो योग्यताको मूल्य लगाउँछ भने उसको सामथ्र्य अनुसार लगाउनेछ। त्यसकारण कहिले पनि आफूलाई अरुभन्दा कम सोच्नु हुँदैन।’

Comments
Loading...
You might also like