श्री एयरलाइन्स पनि घटायाे भाडा

  • 19
    Shares
0

जनकपुर। पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै जनकपुर-काठमाडौं हवाई उडानमा एयरलाइन्सहरुले भाडा घटाएका छन्। भाडा दर घटाउने प्रतिस्पर्धाले यात्रुलाई फाइदा पुगेको छ।

बुद्ध एयरलाइन्सले भाडा घटाएर १ हजार ८ सय रुपैयाँ कायम गरेकोमा श्री एयरलाइन्सले पनि बुद्धको भन्दा एक सय रुपैयाँ सस्तो १ हजार ७ सय रुपैयाँ निर्धारण गरेको छ। श्रीले भोलि (सोमबार)देखि लागू हुने जनाएको छ।

बुद्ध र यति एयरलाइन्सले जनकपुर-काठमाडौं उडान भर्दै आएकोमा श्री एयरलाइन्सले पनि सोमबारदेखि नियमित उडान गर्ने भएको छ। यसअघि माघ १ गतेदेखि उडान भर्ने बताए पनि सुरु हुन सकेको थिएन।

जनकपुरबाट तीन विमान कम्पनीले सेवा सुरुवात गरेपछि दैनिक दुई सयजना जनकपुर–काठमाडौं र काठमाडौं–जनकपुर यात्रा गर्न सक्ने छन्। जनकपुरधाम विमानस्थलबाट माघ ६ गतेदेखि रात्रिकालीन हवाई सेवा सञ्चालन गर्ने तयारीसमेत भइरहेको छ।

Comments
Loading...
You might also like