टेलिकमको रिङव्याक टोनमा कोरोना भाइरसबारे जनचेतना

  • 1.7K
    Shares
0

काठमाडौं, ६ चैत। कोरोना भाइरसको संक्रमण बारे जनचेतना फैलाउनको लागि नेपाल टेलिकमले कल रिङव्याक टोन ( सिआरविटी )  परिवर्तन गरेको छ। अब फोन डायल गरेपछि फोन नउठेसम्म कोरोना भाइरस र यसबाट बच्ने उपायको बारेमा जानकारी पाइनेछ ।

कोरोना भाइरसका लक्षणहरु, कसरी बच्ने, चिकित्सकहरुसँगको सल्लाह समेतलाई टोनमा जानकारीको रुपमा समेटिएको छ।

कोरोना भाइरसबाट बच्नका लागी सरकारले आजबाट सञ्चालन हुने भनिएको एसईई परिक्षा स्थगित गरेका छ। त्यस्तै विश्वव्यापी रुपमा फैलिरहेको यो भाइरसबाट बच्नका लागी बुधबार सरकारले अत्यावश्यक काम बाहेक घर बाहिर निस्किन, २५ जना भन्दा बढी मानिस भेटघाट गर्न, सिनेमा हल, रंगशाला, जिमखाना लगायत भिडभाड हुने स्थान बन्द गर्न निर्देशन दिइसकेको छ।

Comments
Loading...
You might also like