नेपाली महिलामाथी आपत्तिजनक शब्द प्रयोग गरिएको भन्दै अनुष्का शर्माविरुद्ध मुद्धा दर्ता

  • 79
    Shares
0

काठमाडौं, ५ जेठ। बलिउड नायिका अनुश्का शर्माविरुद्ध मुद्धा दर्ता गरिएको छ । उनी निर्माता रहेको वेब सिरिज ‘पाताल लोक’मा नेपाली महिलामाथि आपत्तिजनक शब्द प्रयोग गरिएको भन्दै उनीविरुद्ध मुद्धा दर्ता गरिएको हो। नेपाली महिलामाथि आपत्तिजनक शब्द प्रयोग गरि अपमान गरेको भन्दै प्रदेश गोर्खा युथ वेलफेयर एसोसिएसनले अनुष्काविरुद्ध मानव अधिकार आयोगमा मुद्धा दर्ता गरेको हो।

उक्त वेब सिरिजले मा नेपाली भाषीहरुको अपमान भएको भन्दै अहिले उनीमाथि चौतर्फी आलोचना भइरहेको छ। उनीविरुद्ध नेपाली अभिनेत्रीहरु पनि खरो रुपमा उत्रिएका छन्। नेपाली महिलामाथि आपत्तिजनक शब्द प्रयोग गरिएको भन्दै अमेजन प्राइम, निर्माता अनुष्का शर्माले माफी माग्नुपर्ने र बेव सिरिजबाट उक्त दृश्य हटाउनुपर्ने माग गरिएको जनाइएको छ।

Comments
Loading...
You might also like