राष्ट्रियसभा निर्वाचन, आज रातिबाट मौन अवधि सुरु

  • 44
    Shares
0

काठमाडौं। आगामी बिहीबार हुने राष्ट्रियसभा निर्वाचनको मौन अवधि आज रातिबाट सुरु हुने भएको छ। निर्वाचन आयोगका अनुसार, सोमबार राति १२ पछि दल तथा तिनका उम्मेदवारको मौन अवधि सुरु हुनेछ।

निर्वाचन आचारसंहितामा निर्वाचनको ४८ घण्टाअघिदेखि प्रचार प्रसार गर्न नपाइने उल्लेख छ। आयोगका अनुसार, सञ्चारमाध्यमले पनि यो अवधिमा दल र तिनका उम्मेदवारको पक्षमा प्रचार गर्न पाउँदैनन्।

राष्ट्रियसभाको रिक्त हुन लागेका १८ सिटका लागि यही माघ ९ गते बिहीबार निर्वाचन हुँदैछ। सातवटै प्रदेशमा हुने निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख मतजायर गरेर राष्ट्रियसभाका भावी सदस्य छनोट गर्नेछन्।

Comments
Loading...
You might also like