शिवमायाको सम्बोधन पूर्णपाठ

  • 55
    Shares
0

काठमाडौं। उपसभामूख शिवमाया तुम्वाहाङफेले दलहरुलाई आफ्ना जरा नबिर्सिन र धरातल नभुल्न आग्रह गरेकी छन्। सोमबार प्रतिनिधिसभा बैठकमा राजीनामा घोषणा गर्दै उनले सो आग्रह गरेकी हुन्।

बैठकमा आफ्नो राजीनामा घोषणा गर्दै उपसभामूख तुम्बाहाङफेले लोकतन्त्र र खुला समाजमा गरिने हरेक निर्णयहरु जनताको सुक्ष्म निगरानीमा रहने भन्दै तिनको औचित्यको परीक्षा पनि समयको कसीमा घोटिएर भइरहेको बताइन्। उनले निर्णय र सार्वजनिक जवाफदेहीताको बीचमा उचित सामञ्जस्यता हुनुपर्ने कुरामा सवै पक्षले ध्यान पुर्याउनुपर्ने बताइन्।

१३ बुँदे सम्बोधनका क्रममा उनले आफूले आफ्नो कार्यकालमा इमान्दारितापूर्वक कर्तव्य पूरा गरेको भन्दै दलहरुलाई सांकेतिक रुपमा आफ्नो जरा र हैसियत नबिर्सन चेतावनी दिइन्। ‘तर कसैले पनि आफ्ना जराहरु बिर्सनुहुँदैन। धरातल भुल्नु हुँदैन र स्वतन्त्रतालाई निरपेक्ष रुपमा बुझ्नु हुँदैन भन्ने कुरामा म पनि सचेत छु।’

Comments
Loading...
You might also like