मेगा विन्टर शुज मेला ७५ प्रतिशत छुट

  • 11
    Shares
0

काठमाडौं। राजधानीको भृकुटीमण्डप प्रदर्शनी स्थलमा ‘मेगा विन्टर शुज मेला’ सुरु भएको छ। माघ ५ गतेदेखि सुरु भएको मेलामा चर्चित ब्राण्डका १ हजारभन्दा बढी मोडलका जुत्ता चप्पल प्रदर्शनी राखिएका छन्।

मेलामा नेपालमा चलेका प्रतिष्ठित ब्राण्डका जुत्ता चप्पल प्रदर्शनी राखिएका छन्। मेलामा शुभ विवाह, पार्टी, स्पोर्टस, क्याजुअल, स्कूल, कार्यालयका युनिफर्म जुत्ता लगायतका जुत्ता चप्पल पाइने छ। मेलामा भर्खरै उत्पादन गरिएका नयाँ मोडलका जुत्ता चप्पल राखिएका छन्।

उपभोक्ताले जुत्ता चप्पलमा ६ महिनाको वारेन्टीसहित २५ देखि ७५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ। मेलामा सस्तो, बलियो र आकर्षक डिजाइनका ५ सय रुपैयाँदेखि १० हजारसम्मका जुत्ता चप्पलहरू पाइनेछ।

Comments
Loading...
You might also like