सभामूखको निर्वाचन कार्यतालिका सार्वजनिक

  • 88
    Shares
0

काठमाडौं, ६ माघ। संघीय संसद सचिवालयले प्रतिनिधि सभाको सभामूखका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। सचिवालयले नेपालको संविधानको धारा ९१ तथा प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ७ बमोजिम सभामूख पदका लागि निर्वाचत कार्यतालिका सार्वजनिक गरेको हो।

सचिवालयद्वारा जारी कार्यतालिका अनुसार माघ ७ गते (मंगलबार) बिहान ११ देखि दिउँसो २ बजेसम्म सभामुख पदका लागि उम्मेदवारी दर्ता हुने छ। यस्तै, ७ गते नै सभामुख पदका लागि उम्मेदवारहरुको अन्तिम सूची प्रकाशन गरिने छ।

यस्तै, माघ १२ गते दिउँसो ३ बजे बस्ने बैठकमा सभामूख पदमा प्रस्ताव र समर्थन पेश गरी निर्णयार्थ पेश गरिने छ । माघ १२ गते नै बहुमत प्राप्त गर्ने उम्मेदवार प्रतिनिधिसभाको सभामूख पदमा निर्वा्चित हुनेछन्।

प्रतिनिधिसभामा बहुमत रहेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले स्थायी कमिटी सदस्य तथा सांसद अग्नि सापकोटालाई सभामूखको रुपमा उम्मेदवार बनाउने निर्णय गरिसकेको छ। सभामूख निर्वाचनका लागि नेकपा एक्लैको बहुमत पुग्ने भएकाले सापकोटा सभामूख निर्वा्चित हुन लभगत निश्चित छ।

Speaker_election_HR

Comments
Loading...
You might also like