गोकुल बाँस्कोटाको भाषाप्रति कर्मचारी संगठनको आपत्ति

  • 814
    Shares
0

काठमाडौं, ८ फागुन। नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती केन्द्रीय समितिले सञ्चार, सूचना तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको बिहीबार सञ्चार माध्यममा सार्वजनिक भएको अडियो संवादप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। उक्त अडियो संवादमा मन्त्री जस्तो गरिमामय पदमा आसिन व्यक्तिले व्यक्त गरेको अश्लिल शब्दहरुले नेपाल कम्युनिष्ट पार्टी (नेकपाले) आफ्ना नेता कार्यकर्ताको लागि आफ्ना सन्ततिलाई तँ समेत भन्न नपाइने तथा सबैलाई सम्मानजनक व्यवहार गर्नुपर्ने भनि सार्वजनिक गरेको आचारसंहिताको खिल्लि उडाउनुका साथै आम कर्मचारीलाई मानमर्दन गरेको समितिका महासचिव प्रभासप्रसाद साहद्वारा बिहीबार जारी गरिएको प्रेस विज्ञप्तिमा जनाइएको छ।

विज्ञप्तिमा भनिएको छ, उक्त अडियो संवादमा सार्वजनिक भएको संवादले राज्यस्रोतमा भईरहेको दोहन, लुटतन्त्र, भ्रष्टचार, कमिसनतन्त्र र बेथितिलाई लजास्पद ढंगले उजागर गरेको छ। यसले आम नेपाली जनतालाई उदासनि बनाएको छ, जनप्रतिनिधिको उत्तरदायित्व र जिम्मेवारीपनामा प्रश्न उठाएको छ, कानूनी राज्यको उपहास गरेको छ।

यस्ता अश्लिल अभिव्यक्ति दिने र कमिसनमा लिप्त मन्त्रीलाई तत्काल सार्वजनिक जिम्मेवारीबाट पदमुक्त गरी कानून बमोजिम हदैसम्मको कारबाही गरी कानूनी राज्यको प्रत्याभुति गराउदै कर्मचारी एवं आम जनतालाई राज्यसत्ता प्रति निरास हुनबाट बचाउन हाम्रो संगठन जोडदार माग गर्दछ। ’

प्रेस विज्ञप्ति:

Bigepti

 

Comments
Loading...
You might also like