सरकारले भ्रष्टाचारप्रति शून्य सहनशीलता अपनाएको छ : प्रधानमन्त्री

  • 202
    Shares
0

काठमाडौं, ८ फागुन। प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारप्रति शून्य सहनशीलता व्यवहारमा अपनाउने बताएका छन्। उनले भ्रष्टाचारप्रति शून्य सहनशीलता बोलीमा नभई व्यवहारमा अपनाउने बताएका हुन्।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार आयोजित कार्यक्रममा उनले जनताले भ्रष्टाचार र लुटतन्त्र मच्चाउनका निम्ती शासन सत्तामा नपुर्‍याएको बताए।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसनको बार्गे्निङ गरेको अडियो सार्वजनिक भएर सूचना तथा सञ्चार प्रविधिमन्त्रीबाट गोकुलप्रसाद बाँस्कोटाले राजीनामा दिएपछि आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले जनमत भ्रष्टाचार गर्न नदिएको बताए।

उनले सरकारले भ्रष्टाचारप्रति शून्य सहनशीलता अपनाएकोे दावी गरे। प्रधानमन्त्री ओलीले कसैले पनि लामो समय शासन नगर्ने र आफू पनि त्यस पक्षमा नरहेको बताए।

Comments
Loading...
You might also like