गोकुल बाँस्कोटाको घरमा बम बिस्फोट गराउने विप्लव कार्यकर्ता पक्राउ

  • 42
    Shares
0

काठमाडौं,७ चैत। पूर्वमन्त्री गोकुल बास्कोटाको घरमा बम विस्फोट गराउनेको पहिचान खुलेका छ । प्रहरीले बम बिस्फोटको आरोपमा पक्राउ परेका तीनै जनाको पहिचान खुलाएको हो। पक्राउ पर्नेहरुमा कैलाली स्थायी घर भएका लक्ष्मण सेठी, अमृत कुमाल र कालिकोटका टेक लोहार रहेका महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिएका छन्।

प्रहरीले उनिहरुलाई राजधानीका विभिन्न स्थानबाट पक्राउ गरेको हो। पूर्वसञ्चारमन्त्री बास्कोटाको मनहरा फाँटस्थित निर्माणाधीन घरको कम्पाउन्डमा गत फागुन २८ गते बिहान ७ः४५ बजे बम विष्फोट भएको थियो । विस्फोटबाट बास्कोटाको निवाससँगै उनका छिमेकीको घरमा समेत क्षति पुगेको थियो।

पक्राउ पर्ने तीनैजना विप्लव नेतृत्वको नेकपाका मध्यकमान्डअन्तर्गतका हुन्। उनीहरूलाई अहिले टेकुमा राखिएको छ। विप्लव नेकपाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा घोटलामा संलग्न भएको सहित १० कारणले घरमा बम हान्नु परेको जनाएको छ।

Comments
Loading...
You might also like