फ्रेस हाउस सफा राख्न निर्देशन

  • 123
    Shares
0

कास्की,७ चैत। जिउदो खसि बोकाको बिक्री स्थल तथा फ्रेस हाउसमा सरसफाईको अबस्था दुरुस्थ राख्न निर्देशन दिइएको छ । उध्योग बाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, पोखराको शुक्रबार ( आज ) बसेको बैठकले यस्तो निर्देशन दिएको हो।

निर्देशनालयका निर्देशक गोकुल प्रसाद शर्माको अध्यक्षतमा बसेको बैठकमा मासु व्यवसायीले अपनाउनुपर्ने साबधानी सम्बन्धमा विभिन्न निर्णयहरु भइ लागु गर्न निर्देशन दिइएको हो। छलफलमा सरसफाइ, एप्रोन, माक्स तथा पञ्जा, मासु काट्न प्रयोग हुने औजार, मासु दिने र पैसा लिने सम्बन्धमा निर्णय भएको थियो।

बैठकमा मासु व्यवसायीहरुलाई जिउदा खसी, बोका तथा कुखुरा बिक्री स्थल तथा फ्रेस हाउसमा काम गर्न कर्मचारी एप्रोन, मास्क तथा शानिटाइजर र डिटोल साबुन पानीले हात धुने तथा टावल प्रयोग गर्ने विषयमा सबैले ध्यान पु¥याउन आग्रह गरिएको छ। मासु काट्ने तथा पैसा लिने व्यक्ति फरकफरक राख्ने निर्णय बैंठकले गरेको छ । त्यस्तै बैंठकले मासु बिक्री स्थल वरपर फिनेल लगायत पानीको प्रयोग गरी सरसफाई गर्ने, औजारहरु सफा राख्नुर्पे लगायतका निर्णय गरिएको छ । साथै मासुलाई खुल्ला नराख्न पनि अनुरोध गरीएको छ ।

बैठकमा मासु व्यवसायी संघ, कास्की, जिउदो खसी व्यवसायी समिति, पोल्ट्री व्यवसायी संघ लगायतको उपस्थिती रहेको थियो ।

Comments
Loading...
You might also like