‘मिस नेपाल २०२०’को अडिसन स्थगित

  • 63
    Shares
0

काठमाडौं, ७ चैत। विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणको जोखिमका कारण मिस नेपाल २०२० को अडिसन स्थगित भएको छ। काठमाडौंको अडिसन अहिलेको लागी स्थगित गरिएको आयोजक संस्था ‘द हिडन ट्रेजर’ले बताएको छ ।

काठमाडौं बाहेकका शहरमा भने अडिसन भइसकेको छ । ‘पोखरा, चितवन, वीरगञ्ज, धरान, विर्तामोड, बुटवल, नेपालगञ्ज र धनगढी अडिसन सकिएको हो। काठमाडौंको अडिसन बैशाख १८ पछि हुने पनि आयोजक संस्थाले बताएको छ ।
सरकारले २५ जनाभन्दा बढि भेला नहुन र सभा सम्मेलन नगर्न आग्रह गरेपछि त्यसैको प्रभाब मिस नेपालको अडिसनमा पनि परेको हो ।

Comments
Loading...
You might also like