पशुपतिको आरती भोलीबाट बन्द हुदै

  • 119
    Shares
0

काठमाडौं, ७ चैत। पशुपति क्षेत्र विकास कोषले शनिबारबाट सन्ध्या आरती बन्द गर्ने भएको छ। सरकारले एकैपटक एकै स्थानमा २५ जना भन्दा बढि उपस्थित हुन नपाउने निर्णय गरेपछि आरती बन्द गरिने भएको हो । कोषले संभव भएसम्म २५ जनाभन्दा बढि मलामी नआउन पनि आग्रह गरेको छ।

आफुहरुले सरकारले निर्देशन दिए अनुसार नै मलामी आईदिन आग्रह गरेका कोषका सदस्य सचिव प्रदीप ढकालले जानकारी दिए । केहि समयको लागी समुहिक भजन किर्तनका कार्यक्रम पनि रोकिएको उनले बताए।

नियमित पूजा भने चलिरहने कोषले बतायो । नियमित पूजा चलेपनि विशेष पूजाहरु भने विस्तारै घट्दै जाने तथा केही समयमा स्वतः बन्द हुने ढकालले जानकारी दिए। मन्दिर क्षेत्रमा प्रवेश गर्ने दर्शनयात्रीलाई हात धोएर मात्रै जाने व्यवस्था छ भने पुजाअर्चना पनि सतर्कता बढाइएको पनि कोषले जानकारी दिएको छ।

Comments
Loading...
You might also like