निर्मला पन्त हत्यामा आधारित चलचित्र ‘कोपिला’ डिसहोममार्फत् प्रदर्शन

  • 66
    Shares
0

निर्मल पौडेल/ पर्वत, ७ जेठ। निर्मला पन्तको बलात्कारपछि भएको हत्याकाण्डको वास्तविक घटना र विषयवस्तुमा आधारित रहेर निर्माण गरिएको नेपाली कथानाक चलचित्र ‘कोपिला’ डिसहोममार्फत् प्रदर्शन भइरहेको छ। कोरोना भाइरस काभिड-१९ को सतर्कताका लागि देशैभर लकडाउन भएका कारण हलहरुमा नचल्दै ‘कोपिला’ डिसहोममार्फत् प्रदर्शन भएको हो।

डिसहोम च्यानल नम्बर १०८ मा दर्शकहरुले ८ शो हेर्न पाउने भएका हुन्। पहिलो र दोश्रो शो प्रदर्शन भइसके पछि धेरै दर्शकहरुको राम्रो प्रतिक्रिया आएको निर्माण युनिटले बताएको छ। अब बाँकी शो हुने बताइएको छ।शिवम् अधिकारीको लेखन था निर्देशनमा बनेको निकै कारुणिक तथा मार्मिक चलचित्र कोपिलामा सरिता गिरी, गणेश गिरी र सञ्जिवनी खरेलसँगै प्रकृती खरेल, ऋद्धिचरण श्रेष्ठ, विमल पौडेल, पुष्प आचार्य, सुशान्त श्रेष्ठ, अस्मिन घिमिरे, अस्मिता जुरेली, प्रतिक्षा खड्का, राखी क्षेत्री लगायतको उत्कृष्ट अभिनय रहेको छ। रामेश्वर कार्कीले छायाङ्गकन गरेको कोपिलाको समिर मियाले सम्पादन गरेका छन्।

दीपक शर्माको संगीत र गणेश गिरिको प्रस्तुति रहेको कोपिलालाई सञ्चारकर्मी मणिराज गौतमले निर्माण गरेका हुन् भने कार्यकारी निर्मातामा सुबास काफ्ले तथा निर्मातामा समिर मिया र रामेश्वर कार्की समेत रहेका छन्। कोपिलालाई धेरै दर्शकहरुले माया गर्ने निर्माता समीर मिया र निर्देशक शिवम् अधिकारीको दावी छ।

Comments
Loading...
You might also like