घरेलु तथा अन्तर्राष्टिय हवाई उडानमा जेठ मसान्तसम्म रोक

  • 40
    Shares
0

काठमाडौं,७ जेठ । घरेलु तथा अन्तर्राष्टिय हवाई उडानमा लगाएको रोक सरकारले जेठ मसान्तसम्म लम्ब्याउने भएको छ। बुधबार बसेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले जेठ १८ सम्म रहेको उडान रोकलाई जेठ मसान्तसम्म लम्ब्याउने निर्णय गरेको हो ।

४ गते बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनलाई २० गतेसम्म लब्याए पनि हवाई उडान पनि लम्बिएको हो। समितिको मंगलबार बसेको बैठक पनि विदेशमा समस्यामा परेका नागरिकहरुको उद्दारबारे छलफलका लागि बोलाइएको थियो।

Comments
Loading...
You might also like