लकडाउनमा १ सय १ किलो तौल बढेपछि…

  • 42
    Shares
0

एजेन्सी। विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण घरभित्र नै बसिरहनुपर्दा मानिसहरू मोटोपनको शिकार हुन थालेका छन्। लकडाउनकै कारण घरमै बसिरहदा चीनका एक युवक मोटोपनका शिकार भएका छन्।

लकडाउनका कारण चीनका २६ वर्षीय युवकको तौल ५ महिनामा १ सय १ किलोग्रामसम्म बढेको छ। आफ्नो तौल बढ्दै गएपछि उनी निकै चिन्तित बनेका छन्। मोटोपनले गर्दा उनलाई अहिले स्वासप्रस्वासमा समस्या देखिएको छ। स्वास्थमा समस्या आएपछि उनलाई अहिले अस्पतालमा भर्ना गरिएको छ।

अहिले विश्वका बिभिन्न देशमा कोरोना भाइरस फैलिरहेको छ। कोरोना भाइरसको रोकथामको लागि विश्वका विभिन्न देशमा लकडाउन गरिएको छ। लकडाउनकै कारण घरबाट बाहिर निस्कन नपाउदा र नियमित व्यायाम गर्न नपाउदा धेरै मानिसहरुको तौल बढिरहेको छ।

Comments
Loading...
You might also like