लोक सेवाको परीक्षा स्थगित, परिक्षार्थी र विज्ञबीच सेटिङ्ग

  • 7
    Shares

काठमाडौं। सहसचिव (प्राविधिक)को अन्तरवार्ता आजको परीक्षा स्थगित भएको छ। हाजिरसमेत भइसकेको परीक्षा परिक्षार्थी र विज्ञबीचको सेटिङ्गका कारण स्थगित भएको श्रोतले बताएको छ ।

‘आजको परीक्षा स्थगन भएको जानकारी उपस्थितलाई गराउनुस्।’ भन्ने अध्यक्ष उमेश मैनालीको निर्देशनपछि आयोगका कर्मचारीले परिक्षार्थीहरुलाई जानकारी गराएका थिए। ‘विज्ञापन नं. १७१६७/०७६–७७, विविध सेवा, राजपत्राङ्कित प्रथम श्रेणी, सूचना प्रविधि विज्ञ पदका लागि मिती २०७७र३/३१ गते २ बजेका लागि पूर्वनिर्धारित अन्तरवार्ता (परीक्षा) कार्यक्रम विशेष कारणवश अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगन गरिएको व्यहोरा जानकारी गराइन्छ।’ सूचनामार्फत् लोकसेवा कार्यालयले भन्यो।

‘अन्तरवार्ता हुनुभन्दा अगाडि मात्रै कसैले आयोगका अध्यक्ष मैनालीलाई फोन गरेर भनेको हुनुपर्छ ‘फलानो उम्मेदवार र फलानो विज्ञबीच साँठगाँठ छ, यो अन्तरवार्ता निष्पक्ष हुँदैन भनेर। अध्यक्षज्यूलाई आयोगको निष्पक्षतामाथि आँच आउँदै छ भन्ने लागेपछि तत्काल स्थगन गर्ने निर्णय लिएको हुनुपर्छ।’ श्रोतले भनेको छ।

विविध सेवा, राजपत्राङ्कित प्रथम श्रेणी, सूचना प्रविधि विज्ञ एक पदका लागि आयोगले २०७६ पुस १५ र १६ गते लिएको लिखित परीक्षामा सहभागी १० जनामध्ये तीन जना अन्तरवार्ताका लागि छनौट भएका थिए। उनीहरूमध्येबाटै कुनै एक उम्मेदवारले विज्ञसँग सेटिङ्ग मिलाएको भन्ने खुलेपछि परीक्षा कार्यक्रम नै रद्द गरेर आयोगले गोप्य अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया दिनलाई यहां क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्