दामनको पानोरमा रिसोर्टमा ८ पर्यटक अचेत अवस्थामा फेला

  • 21
    Shares
0

मकवानपुर, ७ माघ। मकवानपुरको थाहा नगरपालिकाअन्तर्गत पर्ने दामन सीमभञ्ज्याङस्थित एभेरेस्ट पानोरमा रिसोर्टमा ८ जना भारतीय पर्यटक अचेत अवस्थामा फेला परेका छन्। २ वटा कोठा भाडामा लिएर बसेका ८ जना मंगलबार अचेत अवस्थामा फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमूख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले ८ जना भारतीय पर्यटक अचेत अवस्थामा फेला परेका र उनीहरुलाई उपचारका लागि काठमाडौं पठाउन लागिएको बताए। ४ जना महिला र ४ जना पुरुष २ ओटा कोठा लिएर बसेका थिए । सोमबार राति राम्रोसँगै सुतेका उनीहरु बिहान भने अचेत अवस्थामा फेला परेका थिए।

प्रहरीले चिसोबाट बच्न जलाइएको ग्यास हिटरका कारण निस्साएिर उनीहरु बेहोस भएको हुनसक्ने अनुमान गरेको छ। घटनाको विषयमा अनुसन्धान भइरहेको मकवानपुर प्रहरी प्रमूख एसपी राठोरले जानकारी दिए।

Comments
Loading...
You might also like