सभामूखमा अग्नि सापकोटाको उम्मेदवारी दर्ता

  • 246
    Shares
0

काठमाडौं। नेकपाका सांसद् अग्निप्रसाद सापकोटाले सभामूखका लागि उम्मेदवारी दर्ता गराएका छन्। नयाँ सभामूख चयनका लागि आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ता गर्ने कार्यतालिका छ‍।

सोही अनुरुप मंगलबार बिहान सुवास नेम्वाङको प्रस्ताव तथा देव गुरुङ, लक्ष्मणलाल कर्ण र ओनसरी घर्तीको समर्थनमा सापकोटाले आफ्नो उम्मेदवारी  दर्ता गराएका हुन्। उम्मेदवारी दर्तालगत्तै संक्षिप्त प्रतिक्रिया दिँदै सापकोटाले जननिर्वाचित संस्थालाई थप गरिमामय बनाउन भूमिका खेल्ने बताए ।

तत्कालीन सभामुख कृष्णबहादुर महरामाथि संसद सचिवालयकै एक कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोप लागेपछि गत १४ असोजमा पदबाट राजीनामा दिएका थिए। नेकपाले शनिबार सभामूखमा स्थायी समिति सदस्य सापकोटालाई उम्मेद्वार बनाउने निर्णय गरेको थियो।

सोमबार शिवमाया तुम्बाहाम्फेले समेत उपसभामूख पदबाट राजीनामा दिएपछि सभामूख चयनको प्रक्रिया सुरु भएको हो। प्रतिनिधिसभामा नयाँ सभामूख चयनका लागि १२ माघमा निर्वाचन हुनेछ। संसद् सचिवालयले सभामूख चयनका लागि प्रक्रिया अघि बढाएको छ। सभामुख निर्वाचनमा कांग्रेस भने सहभागी नहुने भएको छ।

कांग्रेस संसदीय दलको मंगलबार बिहान बसेको बैठकले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको हो। योसँगै सभामुखमा सापकोटाको मात्रै एकल उम्मेदवारी हुने भएको छ। शिवमाया तामाङले उपसभामूखबाट राजीनामा दिएपछि यो पद पनि रिक्त छ। यसको निर्वाचन प्रक्रिया भने १२ गतेपछि सुरु हुने बताइएको छ।

Comments
Loading...
You might also like