संस्कृत भाषाको उत्पत्ति कसरी भयो ?

  • 14.5K
    Shares
0

रूसी, जर्मन, जापानी तथा अमेरिकीहरू सक्रिय रूपमा हाम्रा पवित्र पुस्तकहरूबाट नयाँ चीजहरूमा शोध गरिरहेका छन् र ती शोध सामग्रीहरूलाई उनीहरू आफ्नो नामबाट दुनियाँभरि प्रचार गरिरहेका छन्। दुनियाँका कतिपय देशहरूमा एक वा अधिक संस्कृत विश्वविद्यालय संस्कृत र वेदका बारेमा अध्ययन र नयाँ प्रविधि प्राप्त गर्नका लागि जुटेका छन्।

हाम्रो देश नेपालमा त अंग्रेजी बोल्नु शानको विषय मानिन्छ। अंग्रेजी नजान्दा मानिसहरू आत्मग्लानिको अनुभव गर्छन्, जसको कारणले ठाउँ ठाउँमा इंग्लिश स्पीकिङ् कोर्स चलिरहेको देखिन्छ। भाषा सञ्चारको एक विशिष्ट माध्यममात्र हो। तर, नेपालीहरु भाषालाई सञ्चार माध्यमभन्दा विद्वताको परिचय ठान्छन्। यहीँनेर हाम्रो सोच्ने तरीकामा गम्भीर त्रुटी छ।

संस्कृत विश्वको सबैभन्दा प्राचीन भाषा हो र समस्त भारतीय उपमहाद्वीपका भाषाहरूको जननी हो। ‘संस्कृत’को शाब्दिक अर्थ हो परिपूर्ण भाषा। संस्कृत पूर्णतः वैज्ञानिक तथा सक्षम भाषा हो। संस्कृत भाषाको व्याकरणले विश्वभरिका भाषा विशेषज्ञहरूको ध्यानाकर्षण गरेको छ। यसको व्याकरणलाई देखेर नै अन्य भाषाहरूका व्याकरण विकसित भएका हुन्। आधुनिक वैज्ञानिकहरूका अनुसार यो भाषा कम्प्युटरमा उपयोगका लागि सर्वोत्तम भाषा हो। तर, उनीहरू यसलाई कहिल्यै पनि कम्प्युटरको भाषा बन्न दिँदैनन्।

भनिन्छ कुनै पनि देशका जाति, संस्कृति, धर्म र इतिहासलाई नष्ट गर्नु छ भने सबैभन्दा पहिले त्यहाँको भाषा कोश नष्ट गर्नुपर्छ। मात्र ३००० वर्ष पहिलेसम्म भारत वर्षभरि संस्कृत भाषा बोलिन्थ्यो। त्यसै क्रममा ईसा पूर्व ५०० वर्ष पहिले पाणिनीले संसारको पहिलो व्याकरण ग्रन्थ लेखेका थिए जुनचाहिँ संस्कृतको व्याकरण थियो। यसको नाम ‘अष्टाध्यायी’ हो।

सन् ११०० सम्म संस्कृत समस्त भारतवर्षको राजभाषाका रूपमा जोड्ने प्रमुख कडी थियो। अरबीहरू र अंग्रेजहरूले सबभन्दा पहिले यसै भाषामाथि आक्रमण गरे र भारतभरि अरबी र रोमन लिपि र भाषा जबरजस्ती लादिदिए। भारतका कयौँ भाषाहरूको लिपि देवनागरी थियो। तर उनीहरूले त्यसलाई फेरेर अरबी बनाइदिए भने कतिपय भाषाका लिपिहरू पूर्ण रूपमा नष्ट गराइदिए। यसको श्रृंखला अझै रोकिएको छैन । त्यसैले उनीहरू अझै पनि नेपाली, हिन्दीजस्ता भाषाहरूको लिपिलाई छद्म रूपमा रोमन लिपिमा बदल्ने धृष्टता गरिरहेका छन्।

यदि त्यो समयमा संस्कृत व्यापक रूपमा बोलिदैँन थियो भने व्याकरण लेख्ने आवश्यकता नै हुँदैनथ्यो। भारतीय उपमहाद्वीप आज जति पनि भाषाहरू बोलिन्छन्, ती सबै भाषाहरू संस्कृतबाट नै जन्मेका हुन् र यसको इतिहास मात्र १५०० देखि २००० वर्ष पुरानो छ। यस आर्यावर्तमा त्यसभन्दा पहिले संस्कृत, प्राकृत, पाली, अर्धमागधि आदि भाषाहरूको प्रचलन थियो।

आदिमकालमा भाषा अस्तित्वमा थिएन। बरू त्यो समयमा ध्वनि संकेतमार्फत् सम्पर्क स्थापित गरिन्थ्यो। ध्वनि संकेतहरूबाट नै मानिसहरू एकले अर्काको भनाइ बुझ्दथे। समय क्रममा त्यसपछि चित्रलिपिहरूको प्रयोग गर्न थालियो। प्रारम्भिक मनुष्यहरूले भाषाको रचना आफ्नो विशेष बौद्धिक प्रतिभाको भरमा गरेका होइनन्। उनीहरूले आफ्ना–आफ्ना ध्वनि संकेतहरूलाई चित्र रूप वा विशेष आकृतिका रूप दिन थाले। यसरी भाषाको क्रमशः विकास भयो। यस क्रममा कुनै पनि प्रकारका बौद्धिक र वैज्ञानिक क्षमताको उपयोग गरिएको पाइँदैन।

संस्कृत मात्र यस्तो भाषा हो जसको रचना भएको होइन। वास्तवमा भन्ने हो भने यस भाषाको खोज गरिएको हो। आर्यावर्तमा पहिलो पटक ती मानिसहरूले मानव समुदायलाई एउटा कुनै लिपियुक्त र प्रखर भाषा चाहियो, जसका माध्यमबाट उनीहरू परस्पर संप्रेषण र विचार विमर्श मात्र होइन, यसको कुनै वैज्ञानिक र मनोवैज्ञानिक आधारभूमि पनि होस् भन्ने सोचविचार गरे। यी मानिसहरू हिमालयका आसपास वा अर्काे शब्दमा भन्नुपर्दा हिमवत खण्ड नेपालको सेरोफेरोमा बस्दथे। उनीहरूले बोल्न र व्यवहार गर्न थालेको भाषा वास्तवमा प्रकृतिसम्मत थियो। यसरी संसारमा पहिलोचोटि यदि कुनै भाषा यति परिष्कृत हिसाबले व्यवहारमा प्रयोग भएको भाषा कुनै भाषा थियो भने अवश्यमेव त्यो संस्कत नै थियो भन्दा अत्युक्ति हुँदैन। किनभने यसको आविष्कार गर्नेहरू अरू कोही नभएर स्वयं देवलोकका देवता थिए। त्यसैले त यसलाई देववाणी भनिन थाल्यो। संस्कृतलाई देवनागरी लिपिमा लेखिन्छ। देवताहरू हिमालयको उत्तरमा बस्दथे।

दुनियाँका सबै भाषाहरूको विकास मानव, पशुपंक्षीहरूद्वारा सुरूवातमा बालिएका ध्वनि संकेतहरूका आधारमा भयो अर्थात् मानिसहरूले भाषाहरूको विकास गरे र त्यसलाई आफ्नो देश र धर्मको भाषा बनाए। तर, संस्कृत कुनै देश वा धर्मको भाषा होइन, यो त अपौरूष भाषा हो किनभने यसको उत्पत्ति र विकास ब्रह्माण्डका ध्वनिहरूलाई सुनीजानीकन भयो। यो आम मानिसहरूद्वारा बोलिएका ध्वनिहरू होइन।
धरती र ब्रह्माण्डमा गति सर्वत्र छ। चाहे वस्तु स्थिर होस् वा गतिमान होस्। गति छ भने ध्वनि त अवश्य निस्कन्छ। ध्वनि छ भने अवश्यमेव शब्द निस्कन्छ। देवताहरू र ऋषिहरूले उक्त ध्वनिहरू र शब्दहरूलाई समातेर त्यसलाई लिपिमा बाँधे र त्यसको महत्व र प्रभावलाई बुझे।

संस्कृत विद्वानहरूका अनुसार सौर परिवारको प्रमुख सूर्यको एकातिरबाट ९ रश्मीहरू निस्कन्छन् र यिनीहरू चारैतिरबाट अलगअलग निस्कन्छन्। यसरी कुल मिलाएर ३६ रश्मीहरू हुन गए। यी ३६ रश्मीहरूका ध्वनिहरूका आधारमा संस्कृतका २६ स्वर बने। यसे गरी सूर्यका जब ९ रश्मीहरू पृथ्वीमा आउँछन्, त्यतिबबेला तिनीहरू पृथ्वीका ८ वसुहरूसँग ठक्कर खान्छन्। सूर्यका ९ रश्मीहरू र पृथ्वीका ८ वसुहरू आपसमा ठक्कर खाँदा जुन ७२ प्रकारका ध्वनिहरू उत्पन्न भए, तिनीहरू संस्कृतका ७२ व्यञ्जन बन्न पुगे। यस प्रकार ब्रह्माण्डमा निस्कने कुल १०८ ध्वनिहरूमा नै संस्कृतको वर्ण माला आधारित छ। ब्रह्माण्डको ध्वनिहरूको रहस्यका बारेमा वेदबाट नै जानकारी पाइन्छ। यी ध्वनिहरूलाई अन्तरिक्ष वैज्ञानिकहरूको संगठन नासा र इसरोले पनि मानेको छ।

भाषा वैज्ञानिकहरूका अनुसार अरबी भाषा कण्ठबाट र अंग्रेजी भाषालाई केवल ओठबाट नै ही बोलिन्छ। तर संस्कृत भाषामा वर्णमालालाई स्वरहरूको आवाजका आधारमा कवर्ग, चवर्ग, टवर्ग, तवर्ग, पवर्ग, अंतस्स्थ र ऊष्म वर्गहरूमा बाँडिएको पाइन्छ। यसरी हेर्दा संस्कृत भाषा विश्वकै पूरानो र वैभवशाली भाषा भएको प्रमाणित हुन्छ।

Comments
Loading...
You might also like