महाशिवरात्रि किन कसरी मनाइन्छ ?

Shivaratri-Festival
  • 40
    Shares

आज हिन्दु धर्मालम्वीहरुको महान पर्व महाशिवरात्रि । महाशिवरात्रि भगवान शिवको प्रमुख पर्व हो । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि मोहरात्रि सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रि मध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीन दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने गरिन्छ ।

चूडामणिकृतविधुर्वलयीकृतवासुकि । भवो भवतु भव्याय लीलाताण्डवपण्डित: ।।(जसले शिरमा चन्द्रमा धारण गरेको छ । जसले कंकणको स्थानमा वासुकि सर्पको धारणा गरेको छ । ताण्डव नृत्य गर्न कुशल शिवजीले सबैको कल्याण गरुन् ।)

आज शिवको दिन , शिव ति भगवान जस्को आकार छैन्, जस्लाई आदि र अन्तले विभाजन गर्न सक्दैन, जस्को रिसको विध्वंशले संसारका सम्पूर्ण अवयवहरुलाई छिन्नभिन्न गरिदिन सक्छ, ति शिवको विशेष अनि प्रिय दिन हो आज । शिव अर्थात त्यो तत्व जुन छ पनि र छैन पनि, आजको आधूनीक विज्ञानले सम्पूर्ण कुराहरु जुन श्रोतबाट आउँछ त्यसैमा विलिन हुन्छन् भनि अणु अनि परमाणु अवयवहरुको प्रमाण खोजिरहँदा भएर पनि नभएका यी भगवान शिवको अस्तित्वले संसार अनि श्रृष्टीलाई एउटा दृष्टान्त दिईनैरहेको छ ।

विज्ञानले धेरै अध्यनपछी संसारका हरेक कुराहरु अनि जीवहरु ब्रह्माण्डका तत्वरुपी शक्तिबाट बन्ने र तिनैमा विलिन हुने निष्कर्षमा पुगेको छ, यस ब्रह्माण्डका एउटा शक्तिका अनेक स्वरुपहरुमा हावा, पानी, आगो, आकाश अनि माटो रहेको पञ्चतत्वकारुपमा ब्याख्या गरिन्छ । यिनै तत्वहरुबाट हामी सबै निर्मित छौं, ब्रहमाण्डका यि सम्पूर्ण स्वरुपको एउटै श्रोत भगवान शिव हामी सामु अनेक स्वरुपमा छन् ।

व्रतोत्सवरूमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजाअर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी  ऊँ नमः शिवाय मंत्र जप्ने गरेमा सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ । ब्रह्माले रूद्ररूपी शिवजीलाई उत्पन्न गरेको दिन, शिव पार्वतीको विवाहको दिन शिवरात्रि पर्व कृष्ण चतुर्दशीमा मनाइन्छ ।

निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा, शिवलिंगमा दुग्धाभिषेक र शिव महिमा कीर्तन शिवरात्रिको पूजा अर्चनाका मुख्य अङ्ग मानिन्छन् । शिवरात्रि पर्वलाई पर्वको राजा भनिन्छ र शिवरात्रिको पालनाले भोग र मोक्ष दुवैको प्रप्ति हुन्छ भनिन्छ । शिवरात्रिमा ठूला साना मन्दिरहरूमा धुमधामसँग श्रद्धा भावना व्यक्त गर्ने परम्परा रहेको छ ।

शिवरात्रि पूजामा व्रतकालमा भगवान शिवको ध्यान, पूजन र जप गरिन्छ, जागरण कालमा भक्तको सम्पूर्ण सत्ता जागरणबाट शिवमय बन्दछ । पूजन वा शिवार्चनमा इशान मूर्तिलाई दूधले स्नान गराइन्छ । अघोर मूर्तिलाई दहीले स्नान गराइन्छ, वामदेव मूर्तिलाई घिउले स्नान गराइन्छ, सद्योजात लिंगोद्भवमूर्तिलाई महले स्नान गराइन्छ ।

शिवरात्रिको रात वैज्ञानिक रुपमै पनि पृथ्वीको उत्तरी ध्रुव यस्तो तरिकाले रहन्छ कि पृथ्वीमा रहेका जीवहरुमा शक्ति अनि गुरुत्वाकर्षणको असाधारण बहाव रहन जाने प्रमाणित गरिएको छ । शायद यसै कारणले होला यस दिन प्रकृतिलेनै मानिसलाई अध्यात्मिक पक्षतर्फ तान्ने विश्वास गरिन्छ । यसै अध्यात्मिक शक्ति, आकर्षण अनि जागरणलाई आफ्नो शरीरमा वहन दिनलाई पनि आज रातभरि जाग्राम बसेर शिवरात्री मनाईने सांस्कृतिक चलनलाई वैज्ञानिक रुपमा ब्याख्या गरिएको पाईन्छ ।

नेपाल इतिहासले पनि आफ्नो दस्तावेजमा समेट्न नसकेको आराध्य देव पशुपतिनाथको देश, विभिन्न पुराण अनि धार्मिक दस्तावेजमा उल्लेख गरिएको श्लेषमान्तक वनजस्तो पवित्र चरनभूमी, कैलाशको शितल छायाँ परेको भूमी अनि हिन्दुहरुको आस्थाको केन्द्रभूमी हो । । आज पशुपतीनाथमा विशेष घुईँचो रहन्छ, आज पशुपतिनाथको जनसागरलाई एउटा धार्मिक कुम्भको रुपमा ब्याख्या गर्न सकिन्छ ।

साधूहरुको ब्यापक उपस्थिती रहन्छ आज पशुपतीमा, विभिन्न कुरामा सिद्धता हासिल गरेका अनि यो हामी बसिरहेको समाजभन्दा परको अध्यात्म अनि सन्यास जीवन व्यतित गरिरहेका साधूहरु भारत अनि नेपालका विभिन्न भागहरुबाट पशुपतिनाथ दर्शन, भ्रमणकालागि आउने गर्दछन् । फर्कने बेला उनिहरुलाई पशुपती विकास कोषले दक्षिणा अनि भेटी सहित औपचारीक विदा दिने चलन पनि छ ।

यस दिन शिवभक्त, शिव मन्दिरहरूमा गएर शिवलिंगमा बेल(पत्र आदि चढाउने, पूजन गर्ने, उपवास बस्ने तथा राती जागरण गर्दछन् । शिवलिंगमा बेल(पत्र चढाउनु, उपवास तथा रात्रि जागरण गर्नु जस्ता विशेष कर्मको सम्पादन यस पर्वमा हुने गर्दछ ।

यस दिन शिवको विवाह भएको थियो त्यसैले राती शिवजीको जन्ती निकालेर उत्सव गर्ने चलन पनि छ । वास्तवमा शिवरात्रिको परम पर्व स्वयं परमपिता परमात्माले सृष्टिमा अवतरित भएको स्मृति पर्व हो । यहाँ रात्रि शब्दले अज्ञान एवं अन्धकारबाट हुने नैतिक पतनको द्योतन गर्छ । परमात्मा नै ज्ञानको सागर हो जसले मानव मात्रलाई सत्य ज्ञानद्वारा अन्धकारबाट प्रकाश तर्फ अथवा असत्यबाट सत्य तर्फ लैजान्छ । ब्राह्मण, क्षत्रिय, वैश्य, शूद्र, स्त्री(पुरुष, बालक, युवा र वृद्ध सबै यस व्रतको पालन गर्न योग्य मानिन्छन् । यस व्रतको विधानमा सवेरै स्नानादिबाट शुध्द भएर उपवास गर्ने गरिन्छ ।

पूजा विधि

यस दिन माटोको भाँडोमा पानी भरेर, त्यसमाथि बेलपत्र, आँक, धतूरोको फुल, चामल आदि हालेर ‘शिवलिङ्ग’मा अर्पण गरिन्छ। यदि नजीकमा शिवालय छैन भने, शुद्ध गिलो माटोबाटै शिवलिंग बनाएर त्यसलाई पूजा गर्ने विधान छ। राती जागरण बसेर शिवपुराणको पाठ र कथा सुन्नु प्रत्येक व्रतालुको धर्म मानिन्छ। व्रतको भोलिपल्ट बिहान सवेरै जौ, तिल, खीर र बेलपत्रको हवन गरेर व्रत समाप्त गरिन्छ।

महाशिवरात्रि भगवान शङ्करका निमित्त सबैभन्दा पवित्र दिन हो । यो आफ्नो आत्मालाई पुनीत बनाउने महाव्रत हो। यो व्रतको पालना गरेर सबै पापहरूको नाश हुन्छ। हिंसक प्रवृत्तिमा परिवर्तन आउँछ। निरीह जीवहरू प्रति दयाभाव उब्जिन्छ। ईशान संहितामा यसको महत्ताको उल्लेख यसरी गरिएको छ ।॥शिवरात्रि व्रतं नाम सर्वपापं प्रणाशनम्। आचाण्डाल मनुष्याणां भुक्तिमुक्तिप्रदायकम्॥

शिवरात्रि विशेष

चतुर्दशी तिथिका स्वामी शिव हुन्। अत ज्योतिषशास्त्रमा यस तिथिलाई परम शुभफलदायी तिथि भनिएको छ। त्यसो त शिवरात्रि प्रत्येक महीनाको चतुर्दशीका दिन पर्दछ। तर फाल्गुन कृष्ण चतुर्दशीलाई सबै शिवरात्रिमध्ये विशेष भएकाले महाशिवरात्रि भनिएको हो। ज्योतिषीय गणना अनुसार सूर्यदेव पनि यस समयसम्म उत्तरायणमा आइसकेका हुन्छन् तथा ऋतु परिवर्तनको यो समय अत्यन्त शुभ मानिन्छ। शिवको अर्थ हो कल्याण। शिव सबैको कल्याण गर्ने देवता हुन्। अतस् महाशिवरात्रिमा सरल उपाय गर्दा मत्र पनि इच्छित सुखको प्राप्ति हुन्छ ।

ज्योतिषीय गणितको अनुसार चतुर्दशी तिथिमा चंद्रमा अफ्नो क्षीणस्थ अवस्थामा पुग्दछ। त्यस कारण बलहीन चंद्रमा सृष्टिलाई ऊर्जा प्रदान गर्न असमर्थ हुन्छन्। चंद्रमाको सीधा सम्बन्ध मनसग हुन्छ। अब मनस् कमजोर हुदा भौतिक सन्तापले प्राणीलाई घेर्दछ तथा विषादको स्थिति उत्पन्न हुदछ । जसबाट कष्टहरूको सामना गर्नु पर्दछ। चंद्रमा शिवको मस्तकमा सुशोभित छन्। अतस् चंद्रदेवको कृपा प्राप्त गर्न भगवान शिवको आश्रय किने गरिन्छ। महाशिवरात्रि शिवको प्रिय तिथि हो। अतस् प्रायस् ज्योतिषीहरू शिवरात्रिका दिन शिवको आराधना गरेर कष्टहरूबाट मुक्ति पाउन सुझाव दिन्छन्। शिव आदि(अनादि हुन। सृष्टिको विनाश वा पुनस्स्थापनको बीचको मुख्य कडी हो प्रलय अर्थात कष्ट, पुनस्स्थापन अर्यात सुख। अतस् ज्योतिषमा शिवलाई सुखको आधार मानेर महाशिवरात्रिमा अनेक किसिमका अनुष्ठान गर्ने महत्ता दर्शाइएको छ ।

बिल्वपत्र चढाउने मंत्रः( नमो बिल्ल्मिने च कवचिने च नमो वर्म्मिणे च वरूथिने च नमः श्रुताय च श्रुतसेनाय च नमो दुन्दुब्भ्याय चा हनन्न्याय च नमो घृश्णवे॥ दर्शनं बिल्वपत्रस्य स्पर्शनम्‌ पापनाशनम्‌। अघोर पाप संहारं बिल्व पत्रं शिवार्पणम्‌॥ त्रिदलं त्रिगुणाकारं त्रिनेत्रं च त्रिधायुधम्‌। त्रिजन्मपापसंहारं बिल्वपत्रं शिवार्पणम्‌॥ अखण्डै बिल्वपत्रैश्च पूजये शिव शंकरम्‌। कोटिकन्या महादानं बिल्व पत्रं शिवार्पणम्‌॥ गृहाण बिल्व पत्राणि सपुश्पाणि महेश्वर। सुगन्धीनि भवानीश शिवत्वंकुसुमप्रिय।

प्रतिक्रिया दिनलाई यहां क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्