१ सय २२ प्रहरीले बन्जीबाट कालीगण्डकीमा एकै पटक हाम फाले 

  • 128
    Shares
0

महेन्द्र केसी/ पर्वत ८ चैत। कुश्मामा सञ्चालित बन्जी जम्पको सफल परिक्षणसँगै बन्जी गर्नेहरुको भिड लाग्न थालेको छ। विश्वकै लामो र अग्लो दाबी गरिएको बन्जी जम्पमा शनिबार १ सय २२ जना प्रहरीले एकै पटक बन्जी गरेका छन्।

नेपाल पुलिसका असई पोष्टमा रहेका १ सय २२ जनाले कमाण्डर तालिमको लागि बन्जी गरेका हुन्। सबै असई पोष्टका रहेका छन् भने उनिहरु देशभरीबाट छनोटमा परी आएका हुन। युवा व्यवसायी राजु कार्कीको अगुवाईमा कुश्माका स्थानीय युवाहरु सहित करिव २० करोड लगानीमा बन्जीसहित साहसिक पर्यटन सुरु भएको हो। यो बन्जी विश्वकै दोस्रो अग्लो बन्जीको रुपमा दाबी समेत गरिएको छ।

कालीगण्डकीको खोंचमाथि ५ सय २५ मिटर लामो स्टीलको पुल बनिसकेको छ। नौलो प्रविधिको लठ्ठामा झुण्ड्याइएको पुलबाट झण्डै साढे २ सय मिटर तल बगेको कालीगण्डकीको बिचमा बन्जी गर्न मिल्नेछ। उक्त बन्जीमा कार्की र पर्वतका युवा व्यवसायिहरु समेतगरि ११ जनाको लगानी रहेको छ। कालीगण्डकीको खोंचमा कुश्मा र बागलुङको बलेवालाई जोडेर २२८ मिटर उचाइबाट बन्जी गर्न मिल्नेगरि व्यवसायीले लगानी गरेका हुन्।

बन्जीको निर्माण कम्पनी द क्लिफ प्रालिका अध्यक्ष एवं मुख्य लगानीकर्ता राजु कार्कीले यहि माघ १६ गते बिहिबार बिहान १० बजेर ५ मिनेट जाँदा कालीगण्डकी माथिको साढे दुई सय मिटर माथिबाट डोरीमा हाम फाली परिक्षण गरेसँगै बन्जी गर्नेहरु नियमित सम्पर्कमा आइरहेका छन्।

बन्जीमा कार्कीसहित कुश्माका युवराज जोशी, नेत्र पराजुली, नवराज पौडेल, राजन जोशी लगायतको लगानी रहेको छ। लगानीकर्ताहरुले करिव १५ करोडको अनुमान गरेर बन्जी निर्माण सुरु गरेका थिए।

Comments
Loading...
You might also like